
म विषय वस्तुमा प्रवेश गर्दछु । नेपालको राजनीतिमा उथलपुथल ल्याउने समयको माग र नेपाली जनताका लागि उद्घोष गरिएको थियो । १० वर्षे ऐतिहासिक जनयुद्ध २०५२ साल फाल्गुन १ गतेमा तत्कालिन नेकपा माओवादीले जनयुद्ध सुरु गरेपछि राज्यको दमनमा पहिलो पटक मारिए गोरखाका दिलबहादुर रम्तेल ।
000
उनी त्यतिबेला ११ वर्षका थिए । गोरखामै बसेको बैठकले माओवादी जनयुद्धमा जाने निर्णय गरेको थियो । त्यही भएर होला जनयुद्धको पहिलो सहिद गोरखाबाटै दिलबहादुर रम्तेल भए रक्तपातपूर्ण दमन पनि रम्तेलको हत्याबाट सुरु गरियो । राज्यले स्कुलका एकजना शिक्षकलाई माओवादी भएको आरोपमा प्रहरीले गिरफ्तार गरेपछि शिक्षकलाई छुटाउन धर्नामा बसेका बेला प्रहरीले उनको हत्या गरेको थियो । त्यसपछिबाट सुरु भयो ।
000
नेपालमा चलिरहेको युद्धमा सहिद हुनेहरूको इतिहास र सहिदको लिस्टमा नाम दर्ज गर्ने महान योद्धाहरूको नाम युद्ध चल्दै गयो । हाम्रा राता सिपाहीहरूले दिनप्रतिदिन आफ्नो जीवनको प्रवाह नगरी बलिदान दिनेहरूको क्रमश संख्या थपिँदै गयो । त्यहाँ बलिदान दिनेहरूको आकांक्षा थियो ।
जनयुद्धले एक व्यापक समाज परिवर्तन गर्ने उद्देश्य हासिल गर्दछ र कुनै चलिआएको सामाजिक, सांस्कृतिक, राजनैतिक, आर्थिक र जातीय उत्पीडनलाई जडैदेखि उखेलेर फाल्ने, एक नयाँ समाजको स्वरूप परिवर्तन गर्ने, नयाँ व्यवस्था स्थापित गर्ने र यो युद्ध अवसर हिंस्रक र परिवर्तन हुने खालको हुने जसले समाजको नयाँ खाका कोर्नमा मद्दत गर्ने उद्देश्यको लागि थियोे बलिदान ।
000
सहिदहरूको सपना त्यही दिलबहादुर रम्तेल जस्तै थुप्रै युद्धमा प्रत्यक्ष समावेश नभएका तर सहयोग गरेकै भरमा कैयौं गाउँका सोझा साझा मानिसहरु पनि मारिए । तिनीहरु मध्ये एक हुन् । दैलेख जिल्ला रानीवन गाविस वार्ड नं २ हाल महाबु गाउँपालिका वार्ड नम्बर ६ का अर्जुन सिंह २०५८ साल फाल्गुन पहिलो हप्तामा माओवादी छापामारको एक प्लाटुन साविकको रानीवन गाविसको वार्ड नं २ र ४ को सीमामा पर्ने एउटा घरमा बास बसिरहेका थिए ।
म पनि साँझ उनीहरुसँगै गफिएर आफ्नो गन्तव्यतर्फ लागि भोलिपल्ट बिहानै करिब ९÷१० बजेतिर तत्कालिन दङ्गा प्रहरी माओवादी छापामार भएको ठाउँको नजिक आइपुग्यो । प्रहरी देखेपछि आतिए । त्यहाँका स्थानीय अर्जुन सिंह प्रहरीले घेरा हाले सबै माओवादी छापामार मारिदिन्छ भन्ने मनमा लागेर उनको ध्यान उनीहरूलाई बचाउन तर्फ लाग्यो ।
000
उनीहरुलाई त्यहाँबाट प्रहरी आएको सूचना दिएर आफू सदा झैं घट्ट जाने निर्णयमा घरबाट हिँडे । उनीले ती छापामारलाई सूचना गरे र छापामारहरू सुरक्षित स्थानतर्फ जान सफल भए । तर उनले घरबाट लिनुपर्ने सामान भुलेकोले फेरि घरतर्फ फर्कनुपर्ने भयो । फर्कँदै गर्दा प्रहरीले उनीलाई नै गिरफ्तार गरियो र माओवादीको ट्टयाग तिनीलाई नै लगायो र प्रहरीले लिएर गयो ।
साविकको रानीवन गाविस खरी गैरा गाविस र भवानी गाविस हाल नारायण नगरपालिका र महावु गाउँपालिकाको सीमामा पर्ने भावरको जंगलमा लिएर कुर्तापूर्वक हत्या गर्यो गाउँमा सबैलाई लागिरहेको थियो । ऊ एउटा गाउँले हो । एक दुई दिनमा छाडिदिन्छ ।
000
परिवर्तनका लागि सहिद बने उनी जस्तै हजारौँ मानिसको बलिदानी भो । त्यो बलिदानले काममा कुनै परिणाम हासिल गर्न नसकेको हो कि ? जस्तो मनमा अनेकौं प्रश्नहरू उब्जिन्छन् उमेरले दुई चार वर्ष फरक भएपनि छिमेकी काका पर्ने एकजना हुनुहुन्थ्यो निमबहादुर सिजाली कामरेड अर्डर । हामी पानी पधेँरो एकै ठाउँ भएका साथी थियौँ ।
प्राथमिक तहको शिक्षा सँगै एउटै विद्यालयबाट गर्यौं । हामी निम्न माद्यामिक अध्ययनतर्फ लाग्यौं उहाँको घरको आर्थिक अवस्था अलि कमजोर भएकोले पढाइलाई छाडेर परदेशीनु भयो । सायद परदेशी नु को पीडा हो या परिवर्तनको हुटहुटी जाग्यो ।
000
थाहै भएनपछि प्रदेश बाट फर्केर उहाँ त माओवादी छापामार बनिसक्नुभएछ । मैले करिब ६ महिनापछि थाहा पाए त्यतिबेला शान्ति वार्ता भनी युद्धविराम घोषणा गरिएको थियो । उहाँसँग थुप्रै कुराहरु भए र मलाई पनि क्रान्तिमा लाग्न प्रेरित गर्नुभयो र माओवादी सदस्य बन्ने निधो गरे । त्यसको लगत्तै युद्धविराम भङ्ग भयो र तुरुन्त ठूलाठूला मोर्चाहरू भए दाङमा आक्रमण गर्ने योजना बन्यो ।
त्यसको लगत्तै केही महिनापछि अछामको मङ्गलसेन आक्रमणपछि भेटिएका मित्र या छिमेकी काका कमरेड अडर अहिलेसम्म भेट भएन हाम्रो । गन्तव्य परिवर्तनको थियो अन्तः बुझ्दै जाँदा कमरेड निमबहादुर सिजाली अर्डर म्याग्दी मोर्चामा सहिद हुनुभएछ उहाँका ७९ वर्षीय बुवा मनबहादुर सिजाली अहिले पनि भेटिएपछि भक्कानिनुहुन्छ ।
000
कमरेड अर्डरले अछाम आक्रमणपछि मलाई निकै नै उत्साहित गर्ने सल्लाह दिनुभएको थियो । खै कमरेड अर्डर तपाईँले मलाई दिएका सल्लाह त यी जिउँदा कमरेडहरू पटकपटक मन्त्री र प्रधानमन्त्री हुनुभयो र त्यो १० वर्षको बीचमा हजारौं परिवारमा हाम्रो जस्तो पीडा थपियो ।
हजारौं मरे आज पनि छोरा गुमाएका हजारौं बुवाहरू आफ्नो सन्तानलाई किन मारियो र तीनका सपना के थिए भन्ने जवाफ कुरिरहेका छन् । अझै कति कुर्नुपर्ने हो त्यो थाहा छैन तर कमरेड अर्डर तपाईका गुमनाम सपनाका लागि र हाम्रो सम्मानका लागि र हामीले पाउनुपर्ने न्यायको लागि सदैव लड्दैछु । निरन्तर आशा जगाइदिने तपाईँको अनुहार म सधैं सम्झन्छु…………।
















































बिमल जलन खड्का । ९ भाद्र २०८२, सोमबार