नेकपा (एकीकृत समाजवादी) जाजरकाेटकाे चौथो स्थापना दिवस तथा जिल्ला सचिवालय बैठक सम्पन्न

May be an image of 7 people, temple and text

जाजरकोट — नेकपा (एकीकृत समाजवादी) को चौथो पार्टी पुनर्गठन/स्थापना दिवस तथा जिल्ला सचिवालयको बैठक आज खलंगामा सम्पन्न भएको छ । बैठकको सञ्चालन सचिव प्रदिप खड्काले गर्नुभएको थियो भने अध्यक्षता जिल्ला अध्यक्ष दिप बहादुर थापाले गर्नुभएको थियो ।

बैठकमा पार्टी बिद्रोह तथा पुनर्गठन पछिका चार वर्षमा भएका वैचारिक तथा संगठनात्मक काम, बाम पार्टीबीचको सम्भावित एकता र आगामी कार्यदिशा जस्ता विषयमा छलफल भएको जिल्ला इन्चार्ज कृष्ण बहादुर बिसीले जानकारी दिनुभयो ।

May be an image of 9 people, dais, temple and text

उहाँका अनुसार यही असोज ३ गते भेरी, २५ गते छेडागाड र २७ गते कुसे गाउँमा अधिवेशन आयोजना गर्ने र तिहार लगत्तै बारेकोट र नलगाडमा अधिवेशन गर्ने निर्णय भएको छ ।

त्यस्तै पदाधिकारी, सचिवालय र जिल्ला कमिटी सदस्यहरुको लेभी निर्धारण, बैंक खाता सञ्चालन, सदस्यता नवीकरण लगायतका विषयमा कार्ययोजना पारित गरिएको समेत बिसीले बताउनुभयो ।

प्रमुख अतिथि  कृष्ण बहादुर बीसी केन्द्रीय सदस्य / जिल्ला इन्चार्ज, बिषेश अतिथि : कमान खड्का केन्द्रीय सदस्य/ सह इन्चार्ज, प्रदेश कमिटी सदस्यहरु, जिल्ला सचिवालय सदस्यहरुको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया