नलगाडमा घाँस काट्ने क्रममा भीरबाट खस्दा एक जनाकाे मृत्यु


जाजरकाेट । नलगाड नगरपालिका–२ डाँडागाउँमा भीर बाट खसेर एक जनाकाे मृत्यु भएकाे छ । आइतबार बिहान घाँस काट्ने क्रममा भीरबाट खसेर ५३ वर्षीय कासिराम जैसीको मृत्यु भएको हाे ।

जैसी दम्पती बिहानै घाँस काट्न गएका थिए। पानी परिरहेको बेला चिप्लिएर करिब १०० मिटर तल खस्दा घटनास्थलमै उनको ज्यान गएको स्थानीयहरूले बताएका छन्।

जैसीको शव स्थानीयहरूको सहयोगमा झिकिएको थियाे । भीर अप्ठ्यारो भएकाले उद्धार कठिन भएको बताइएको छ।

तपाईको प्रतिक्रिया