
जाजरकोट — भेरी नगरपालिका–४ गैरीखाली निवासी महेन्द्र कुमार भडेलको उपचारार्थ परिवर्तनका लागि युवा अभियानले ४ लाख ६६ हजार ५ सय ७० रुपैयाँभन्दा बढी सहयोग रकम संकलन गरेको छ।
उच्च रक्तचाप (ब्लड प्रेसर)का कारण स्वास्थ्य अवस्था जटिल बनेपछि भडेल हाल नेपालगन्जस्थित नर्सिङ होममा उपचाररत छन्।
पीडितको सहयोगका लागि ‘एक कप चिया अभियान क्लव’ले खलंगाका पाँच स्थानमा अभियान सञ्चालन गरेको थियो। अभियानमा देश तथा विदेशमा रहेका सहयोगी मनहरुले सक्रिय सहभागिता जनाएका थिए।
अभियानमा सक्रिय अभियन्ता अनिश कुमार कार्कीका अनुसार क्लब र अभियानले विगतदेखि नै सामाजिक उत्तरदायित्व वहन गर्दै यस्ता सहयोगमूलक कार्य गर्दै आएको छ।
सहयोग संकलनपछि एक औपचारिक पत्रकार सम्मेलनको आयोजना गरी उक्त रकम पीडित भडेलका परिवारका आफन्तलाई हस्तान्तरण गरिएको हो।
कार्यक्रममा सहभागी अधिकांश युवा स्वेच्छिक रूपमा अभियानमा सक्रिय भएर जुटेका थिए।



















































हाम्रो पहुँच संवाददाता । ३१ असार २०८२, मंगलवार