ट्याक्टर दुर्घटनामा एक जनाकाे मृत्यु

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–१० आलि स्थित छिन्चु–जाजरकोट सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

सोमबार बिहान करिब ७:४५ बजे फेराबजारबाट छेडा बजारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०१–००२ त ०६०७ नम्बरको ट्याक्टर सडकबाट करिब १०० मिटर तल भेरी नदीको किनारमा खसेको हो।

दुर्घटनामा परेर भेरी नगरपालिका ९ का १९ वर्षीय चालक धन बहादुर विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सुचना अधिकारी हरिराम डाँगीले जानकारी दिए ।

ट्याक्टरमा सवार भेरी नगरपालिका ७ निवासी १५ वर्षीय विरेन्द्र परियार घाइते भएका छन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट ल्याइएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया