
जाजरकोट । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का विचारक तथा जननेता मदन भण्डारीको ७४ औँ जन्मोत्सवको अवसरमा नेकपा (एमाले) निकट राष्ट्रिय यूवा संघ जाजरकोटले वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको छ । भेरी नगरपालिका ‒३ थाप्ले स्थित लभ रोड साइटमा पहिरो प्रभावित क्षेत्रमा वृक्षारोपण गरिएको हो ।
“हरियाली हाम्रो पहिचान, वृक्षारोपण हाम्रो अभियान” भन्ने मुल नाराका साथ विभिन्न जानतका विरुवाहरु रोपिएको यूवा संघ जाजरकोटले जनाएको छ ।
स्थानीय जनप्रतिनिधि, पार्टी कार्यकर्ता, युवा संघ नेपाल, अनेमसंघ र जनसंगठनका अगुवाहरूको सहभागितामा सयौँ बिरुवा रोपिएका छन् ।
मदन भण्डारीको राजनीतिक दृष्टिकोणलाई स्मरण गर्दै, “मदन भण्डारीले देखाउनुभएको आत्मनिर्भर, समतामूलक र समृद्ध समाज निर्माणको बाटोमा हामी बृक्षारोपण जस्ता अभियानबाटै अघि बढ्नुपर्छ ।” भन्ने वक्ताहरुको भनाई थियो ।
वृक्षारोपणसँगै थाप्ले क्षेत्रको प्राकृतिक पुनस्र्थापना, भूक्षय नियन्त्रण र हरियाली प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ । स्थानीय बासिन्दाले पनि यस्तो जनपक्षीय अभियानप्रति खुसी व्यक्त गरेका छन् ।
कार्यक्रममा सहभागी नेकपा एमालेका नेता, कार्यकर्ता र स्थानीयले जननेता मदन भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको योगदान सम्झिए । साथै, यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाजरकोटका पहिरो प्रभावित अन्य क्षेत्रहरूमा पनि वृक्षारोपण अभियानलाई विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।
















































हाम्रो पहुँच संवाददाता । १४ असार २०८२, शनिबार