
खलंगा । भेरी नगरपालिकाको आयोजनामा ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । जिल्ला सदरमुकाम खलंगामा शनिबार पतञ्जली योग समिति जाजरकोट र जीवन योग प्रयोगशाला योग समिति, जाजरकोटको सहकार्यमा भेरी नगरपालिकाको आयोजनामा ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो ।
“एक पृथ्वी, एक स्वास्थ्यका लागि योग” भन्ने मुल नारा सहित त्रिभुवन माध्यामिक विद्यालयको प्राङ्गणमा योग, प्राणायाम र ध्यान गरेर ११ औं अन्तर्राष्ट्रिय योग दिवस–२०८२ मनाईएको थियो । भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्तीको अध्यक्षतामा आयोजना गरिएको औपचारिक कार्यक्रमका सहभागीहरुलाई पतञ्जली योग पीठका योग शिक्षक धर्म बहादुर बुढाले योगाभ्यास र प्राणायाम गराएका थिए भने, जीवन योग प्रयोगशाला योग समिति, जाजरकोट अध्यक्ष रेखा शाहले ध्यानात्मक अभ्यास गराएकी थिइन् ।

आजको जीवनशैली र खानपिनले मानव स्वास्थ्यमा निकै ठुलो असर पार्दै आएको भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्तीले भनाइ राखेका थिए । मानव स्वास्थ्यमा पैदा भएका कयौं नसर्ने रोग, डिप्रेशन लगाएत मनमा पैदा हुने अशान्तिलाइ सन्तुललन गर्न योग, ध्यान र प्राणायामले महत्वपूर्ण भुमिका खेलेको नगरप्रमुख घर्तीले बताए । भेरी नगरपालिकालाइ योगमय नगरपालिका बनाएर मानव स्वास्थ्य सुरक्षासंगै लागुऔषध दुव्र्यसन विरुद्धको अभियानलाइ अगाडी बढाएको नगरप्रमुख घर्तीले भनाइ राखेका थिए ।
आध्यात्मसंग योग, प्राणायाम र ध्यानलाइ जोड्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख काली बहादुर खत्रीले भनाइ राखेका थिए । आध्यात्मिक यात्राले मनमा शान्ति र सुख प्राप्त हुने बताउदै प्रमुख खत्रीले योगको यात्रालाइ आध्यात्मसंग जोड्न विशेष आग्रह गरेका थिए ।
‘भेरीलाई योगमय नगरपालिका बनाउने अभियानमा छौ’
भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले भेरीलाई योगमय नगरपालिका बनाउने अभियानमा रहेको बताएका छन् । उनले योगको माध्यामबाट स्वस्थ नागरिक बनाउने र लागु पदार्थ दुरब्यर्सनीबाट युवाहरुलाई मुक्त बनाउन योगमय नगरपालिका बनाउने अभियान थालिएको बताएका हुन् ।
११ औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित एक कार्यक्रममा नगरप्रमुख घर्तीले अहिलेको जीवनशैली र खानपिनले मानव स्वास्थ्यमा निकै ठुलो असर पारिरहेको हुँदा हाम्रो स्वास्थलाई सन्तुलनमा राख्न योगको आवश्यकता बढेर गएको बताए । मानव स्वास्थ्यमा पैदा भएका कयौं नसर्ने रोग, डिप्रेशन लगाएत मनमा पैदा हुने अशान्तिलाइ सन्तुललन गर्न योग, ध्यान र प्राणायामले महत्वपूर्ण भुमिका खेल्ने भएकोले यस महान कार्यमा सवै नगरवासी जोडिन नगरप्रमुख घर्तीले आग्रह गरे ।

“एक पृथ्वी, एक स्वास्थ्यका लागि योग” भन्ने मुल नाराका साथ भेरी नगरपालिकाको आयोजनामा जिल्ला सदरमुकाम खलंगामा शनिबार पतंजली योग समिति, जाजरकोट र जीवन योग प्रयोगशाला योग समिति, जाजरकोटसंगको सहकार्यमा ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो ।

त्रिभुवन माध्यामिक विद्यालयको प्राङ्गणमा योग, प्राणायाम र ध्यान गरेर योग दिवस–२०८२ मनाईएको थियो । भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्तीको अध्यक्षतामा आयोजना गरिएको औपचारिक कार्यक्रमका सहभागीहरुलाइ पतंजली योग पीठका योग शिक्षक धर्म बहादुर बुढा र जीवन योग प्रयोगशाला योग समिति, जाजरकोट अध्यक्ष रेखा शाहले योगाभ्यास, प्रणायाम र ध्यान अभ्यास गराएका थिए ।
आध्यात्मसंग योग, प्राणायाम र ध्यानलाइ जोड्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख काली बहादुर खत्रीले बताए । आध्यात्मिक यात्राले मनमा शान्ति र सुख प्राप्त हुने बताउदै प्रमुख खत्रीले योगको यात्रालाइ आध्यात्मसंग जोड्न विशेष आग्रह गरे । कार्यक्रममा पतंजली योग समिति, जाजरकोट अध्यक्ष शिवप्रसाद शर्मा, जीवन योग प्रयोगशाला योग समिति, जाजरकोट अध्यक्ष रेखा शाहले अन्तर्राष्ट्रिय योग दिवसीय कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।
आयोजित दिवसीय कार्यक्रममा यो भन्दा पहिला भेरी नगरपालिको आयोजनामा आयोजित योग प्रशिक्षक प्रशिक्षण कार्यक्रमका ४५ जना सहभागीलाइ प्रमाण–पत्र वितरण गरिएको थियो । औपचारिक कार्यक्रमको संचालन भेरी नगरपालिकाका जनस्वास्थ्य अधिकृत तथा स्वास्थ्य शाखा प्रमुख दिपक बहादुर वलीले गरेका थिए । जिल्ला प्रशासन कार्यालय, जाजरकोट र जिल्ला आयुर्वेद कार्यालय, जाजरकोटको समन्वयमा ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाइएको थियो ।
कार्यक्रममा पतंजली योग समिति, जाजरकोट र योग अभियान्ता रेखा शाहलाई सम्मान गरिएको थियो । सम्मान पछि शाहले भेरी नगरपालिका योगमय नगरपालिका हुने अभियानमा रहेकोमा खुसी ब्यक्त गदै सम्मानका लागि आभार प्रकट गरिन् ।
















































हाम्रो पहुँच संवाददाता । ८ असार २०८२, आईतवार