सल्यानका ४३ मध्ये तीन जनाको रिपोर्ट नेगेटिभ, अन्यको आउन बाँकी

सल्यान : भारतलगायत तेस्रो मुलुकबाट सल्यान आएका ४३ जनाको स्वाब परीक्षण गरिएको छ। कोरोना भाइरस (कोभिड १९) को शंकास्पद मानिएका व्यक्तिको स्वाब परीक्षण गरिएका हो।

परीक्षण गरिएका ४३ जना मध्ये अहिलेसम्म तीन जनाको रिपोर्ट नेगेटिभ आएको छ भने बाँकीको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ।

चैत १ गते यता तेस्रो मुलुकबाट आएका सबै र भारत तथा अन्तरजिल्लाबाट आएका मध्ये शंंकास्पद ४३ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा.अर्जुन बुढाले बताए। जिल्लामा संकलन गरिएका स्वाब परीक्षणका लागि कर्णाली प्रदेश अस्पतालको प्रयोगशालामा पठाइएको छ।

तपाईको प्रतिक्रिया