रक्तश्रावका कारण सुत्केरीको मृत्यु

बाबुको हत्या आरोपमा छोरा पक्राउ

जाजरकोट : सुत्केरी भएको ६ घण्टासम्म निरन्तर रक्तश्राव हुँदा डोल्पा ठूलीभेरी नगरपालिका –६ दुरगाउँ डोल्पाकी २२ वर्षीय लालुकुमारी रोकायको मृत्यु भएको छ। शुक्रबार बेलुकीसम्म सुत्केरीको ज्यान बचाउन धेरै प्रयास गरीएको र जनिक स्वास्थ्य संस्थासमेत नहुँदा बचाउन नसकिएको स्थानीयवासी लक्ष्मी कार्कीले जानकारी दिइन्।

असुरक्षित रुपमा घरमै सुत्केरी भएकी रोकायलाई स्थानीय स्वास्थ्यकर्मी हरिबहादुर रोकायले सामान्य प्राथमिक उपचार गरेपनि बचाउन नसकिएको कार्कीले जानकारी दिइन्। मृतक रोकायले तेस्रो बच्चा जन्माएकी थिइन्। आमाको मृत्यु भए पनि छोरीको स्वास्थ्य अवस्था राम्रो भएको बताइएको छ। यस्तै, गुल्मीमा बाबुको हत्याको आरोपमा छोरा पक्राउ परेका छन्।

गुल्मीको इश्मा गाउँपालिका २ हस्तिचौरका ४६ बर्षिय टेकबहादुर कुमालको हत्याको आरोपमा उनका २९ बर्षिय छोरा अर्जुन कुमाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ। बिहीबार राती बाबु छोरा झगडा गरेको र सोही क्रममा छोराले बाबुलाई कुटपिट गरी घाइते बनाएका बाबुको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खडकाले जानकारी दिए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

तपाईको प्रतिक्रिया