
जाजरकोट । नेकपा एकीकृत समाजवादी निकट पेशागत महासंघ जाजरकोटले आफ्नो ३१ औँ स्थापना दिवसको अवसरमा जिल्ला अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल तथा आवश्यक औषधी वितरण गरेको छ ।

महासंघले अस्पतालमा उपचाररत १८ जना बिरामीलाई फलफूलसहित बिरामीले किन्नुपर्ने केही आवश्यक औषधी निःशुल्क रुपमा वितरण गरेको हो । औषधी अस्पतालका निमित्त प्रमुख अखिलेश झाले वितरण गरेको पेशागत महासंघ जाजरकोट स सचिव प्रेम वलीले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएका एकीकृत समाजवादी पार्टीका उपसचिव गोविन्द बुढाले देशभर पेशागत महासंघले सामाजिक सेवा र जनचेतनामूलक कार्य गर्दै आएको उल्लेख गरे ।
उनले स्थापना दिवसको अवसरलाई समाजप्रति योगदान दिने अवसरको रूपमा लिने परम्पराले सघन जनसहभागिता र संवेदनशीलता अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।
















































हाम्रो पहुँच संवाददाता । ७ जेष्ठ २०८२, मंगलवार