
जाजरकोट । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जाजरकोटको संयोजकमा राममाया हमाल चयन भएकी छन् । संगठनको प्रथम जिल्ला भेलाले हमाललाई संयोजकको जिम्मेवारी दिएको हो ।
यस्तै, सह संयोजकमा गीता शाही चयन भएकी छन् । भेलाले सचिवमा बिमला बस्नेतलाई जिम्मेवारी दिएको नेकपा माओवादी केन्द्र जाजरकोटले जनाएको छ । ३३ सदस्सीय जिल्ला कमिटी निर्माण गरिएको छ ।

















































हाम्रो पहुँच संवाददाता । २१ बैशाख २०८२, आईतवार