
जाजरकाेट । जाजरकोटको पैंक आसपास केन्द्र भएर आज राति साढे ९ बजेतरि भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ९ बजेर ३१ मिनेट जाँदा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।
जिल्लाको पैंक आसपास क्षेत्र केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको छ।
भूकम्पले जिल्लामा के कति क्षति पुर्यायो भन्नेबारे यकिन विवरण आइसकेको छैन। जिल्ला प्रहरी जाजरकोटका प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेले प्रहरी युनिटहरूमार्फत आवश्यक विवरण बुझ्ने काम भइरहेको बताए ।
यसअघि गत २२ चैतमा पनि जाजरकोटको पैंक नै केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । २२ चैत राति ८ बजेर ७ मिनेटमा ५.२ र ८ बजेर १० मिनेटमा ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।
















































हाम्रो पहुँच संवाददाता । १ बैशाख २०८२, सोमबार