
जाजरकोट । खलंगामा धमाधम सुविधा सम्पन्न होटेल खुलिरहेका छन् । आन्तरिक तथा बाह्य पर्यटकका लागि सुविधा सम्पन्न होटेल सञ्चालनमा छन् । खलंगा बजार, जाजरकोटको सदरमुकाम खलंगा हो ।
कर्णाली प्रदेशको एक महत्वपूर्ण क्षेत्र समेत हो । यस क्षेत्रमा जाजरकोट दरबार, भेरी नदी र अन्य प्राकृतिक तथा सांस्कृतिक स्थलहरु रहेका छन्, जसले पर्यटकलाई आकर्षित गर्छन् । नयाँ होटेलको सञ्चालनले स्थानीय व्यवसाय र रोजगारीमा सकरात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
तपाई जाजरकोट भ्रमणको योजना बनाउँदै हुनुहुन्छ भने यी नयाँ सुविधा सम्पन्न होटेलमा बस्न सक्नुहुनेछ ।
१. आर.आर. भेरी ग्रीन होटल
२. थकाली भान्सा घर
३. होटेल नयाँ नेपाल
४. न्यू शुभ होटेल
५. होटेल पुरानो थकाली
६.न्यू भेरी होटल
७. होटेल हिमालय
८. रम्बा होटेल
९. होटेल रिद्धी
१०. द किङ रिसोट एण्ड बार
यी होटेलहरुमा जाजरकोटमा पाईने अर्गानिक खानाको स्वाद लिन सकिन्छ । तपाईको रोजाई अनुसार कोठा लिन सक्नुहुनेछ ।
















































हाम्रो पहुँच संवाददाता । १ बैशाख २०८२, सोमबार