जनज्ञानकुञ्ज क्याम्पस दशेराको स्ववियु सभापतिमा अनेरास्ववियुका गोविन्द्रबहादुर खत्री निर्वाचित


दशेरा । छेडागाड नगरपालिका—०३ दशेरामा रहेको जनज्ञानकुञ्ज क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका गोबिन्द बहादुर खत्री सर्वसम्मत निर्वाचित भएका छन् ।

शुक्रबार क्याम्पसमा दर्ता भएका विद्यार्थी संगठनको सल्लाह बमोजिम सभापतिमा खत्री सर्वसम्मत निर्वाचित भएका हुन् ।
यस्तै, उपाध्यक्षमा नेविसंघका नबराज सिंह, सचिवमा अखिल क्रान्तिकारीका शेरबहादुर खड्का, सहायक सचिवमा अनेरास्ववियूका मोहन बुढा, कोषाध्यक्षमा नेविसंका खिमराज खत्री सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

त्रिविविको आंगिक क्याम्पसको रुपमा रहेको क्याम्पसमा १२ सय ९४ जना विद्यार्थी रहेका छन् । सबैभन्दा बढी विद्यार्थी संख्या रहेको क्याम्पस पनि हो ।

तपाईको प्रतिक्रिया