फेरी लाग्यो जनज्ञानकुञ्ज क्याम्पस दशेरामा ताला, माग पुरा नभएसम्म नखोल्ने चेतावनी


जाजरकोट । पश्चिम जाजरकोटको छेडागाड नगरपालिका —०३ दशेरामा रहेको जनज्ञानकुञ्ज क्याम्पसमा फेरी तालाबन्दी गरिएकोे छ । नेकपा विप्लव निकट विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी यूनियन ( समाजवादी) ले क्याम्पसमा तालाबन्दी गरेको हो । संगठनलाई निर्वाचनमा जान रोक लगाएको भन्दै क्याम्पसमा तालाबन्दी गरिएको अखिल समाजवादीले जनाएको छ । ताला कसैले मनपरी ढंगले खोले सम्पूर्ण क्षतिको जिम्मेवारी लिन चेतावानी समेत दिएको छ ।

निर्वाचनमा संगठनलाई पनि भाग लिएर मौलिक र निष्पक्ष प्रतिस्पर्धा गर्ने वातावरण सिर्जना गरियोस्, निर्वाचनमा सबै संगठनको सहभागितामा निष्पक्ष धाधली रहित र स्वच्छ मौलिक ढंगबाट गराउन पहल गरियोस् भनी दुई बुद्दे माग समेत राखेको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘विद्यार्थीहरुले स्वतन्त्रता पुर्वक आफ्नो विवेक उपयोग गरेर आफ्ना प्रतिनिधि छान्ने भन्दा जवरजस्ती धाक धम्की डर त्रास देखाई गुण्डागर्दी शैलीमा गरिएको निर्वाचनले असली रुपमा विद्यार्थीका प्रतिनिधि भन्दा कारिन्दाहरु जन्मीने निश्चित छ ।

संगै संगठन दर्ता प्रक्रियामा हाम्रो संगठनले संगठन दर्ता गरी मौलिक रुपमा प्रतिस्पर्धा गर्ने चाहना राख्दा राख्दै प्राविधिक कारण थोरै समय ढिला हुन पुग्दा निर्वाचन मन्डलले हाम्रो संगठन दर्ता नमान्ने र मनोनयन दर्ता प्रक्रियामा केही संगठनले त्रि.वि.को निर्वाचन निर्देशिका भन्दा बाहिर गएर मनोनयन दर्ता गर्दा पनि प्रतिस्पर्धा गर्ने वातावरण सिर्जना गरिदिने कुराले नै निर्वाचन समिति नै निष्पक्ष रुपमा नभई अमुख राजनितिक दलको मतियारको रुपमा नितिगत धाँधलिमा लागिरहेकोले यो निर्वाचन निष्पक्ष धांधलिरहित स्वच्छ मौलिक प्रतिस्पर्धा हुनेमा हाम्रो संगठन विश्वस्त हुन सक्ने अवस्था नरहेपछी हाम्रो संगठनले यस जन ज्ञानकुन्ज क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा अनिश्चित तालाबन्दी गर्न बाध्य भएका छौ ।’

यस्तो छ प्रेस विज्ञप्ती
न्याय स्वतन्त्रता र समानताको आन्दोलनमा हाम्रो संगठन अखिल (समाजबादी) निरन्तर संघर्षरत रहदै आएको कुरा यहाँहरुमा सर्वविदितै छ । त्याग निष्ठा र स्वतन्त्रताको गौरवशाली विरासत जोडिएको स्वतन्त्र विद्यार्थी युनियनको आसन्न चुनावमा सबैको सहभागीता निष्पक्ष धाधली रहित र स्वच्छ मौलिक ढंगबाट गरिनु पथ्र्यो र जसले शैक्षिक संस्थामा विद्यार्थिहरूको हकहितको संरक्षण र समस्याहरूको समाधान गर्ने कार्य गर्यो। यसको विशेषतास्वरूप विद्यार्थीहरूको आवाज उठाउने, शैक्षिक सुधारका लागि दबाब दिने, र विभिन्न सामाजिक र सांस्कृतिक गतिविधिहरूको आयोजनामा महत्वपूर्ण भूमिका खेल्न अपेक्षित हुन्थ्यो।

तर निर्वाचन उपभोगवादी संस्कारबाट मुक्त हुन सकेन । विद्यार्थीहरुले स्वतन्त्रता पुर्वक आफ्नो विवेक उपयोग गरेर आफ्ना प्रतिनिधि छान्ने भन्दा जवरजस्ती धाक धम्की डर त्रास देखाइ गुण्डागर्दी शैलिमा गरिएको निर्वाचनले असलि रुपमा विधार्थिका प्रतिनिधि भन्दा कारिन्दाहरु जन्मीने निश्चित छ संगै संगठन दर्ता प्रक्रियामा हाम्रो संगठनले संगठन दर्ता गरि मौलिक रुपमा प्रतिस्पर्धा गर्ने चाहना राख्दा राख्दै प्राविधिक कारण थोरै समय ढिला हुन पुग्दा निर्वाचन मन्डलले हाम्रो संगठन दर्ता नमान्ने र मनोनयन दर्ता प्रक्रियामा केही संगठनले त्रि.वि.को निर्वाचन निर्देशिका भन्दा बाहिर गएर मनोनयन दर्ता गर्दा पनि प्रतिस्पर्धा गर्ने वातावरण सिर्जना गरिदिने कुराले नै निर्वाचन समिति नै निष्पक्ष रुपमा नभइ अमुख राजनितिक दलको मतियारको रुपमा नितिगत धांधलिमा लागिरहेकोले यो निर्वाचन निष्पक्ष धांधलिरहित स्वच्छ मौलिक प्रतिस्पर्धा हुनेमा हाम्रो संगठन विश्वस्त हुन सक्ने अवस्था नरहेपछी हाम्रो सँगठनले यस जन ज्ञानकुन्ज क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा अनिश्चित तालाबन्दी गर्न बाध्य भएका छौ । हाम्रो तालाबन्दीलाई बेवास्ता गरिए यसबाट सिर्जना हुने सबै प्रकारको परिस्थितिको जिम्मा स्वयं क्याम्पस प्रशासन र निर्वाचन समिती रहने कुरा अग्रिम जानकारी गराउना चाहान्छौ ।

१) निर्वाचनमा हाम्रो संगठनलाई पनि भाग लिएर मौलिक र निष्पक्ष प्रतिस्पर्धा गर्ने वातावरण सिर्जना गरियोस् ।
२) निर्वाचनमा सबै संगठनको सहभागीतामा निष्पक्ष धाधली रहित र स्वच्छ मौलिक ढंगबाट गराउन पहल गरियोस् ।

तपाईको प्रतिक्रिया