
जाजरकोट । जिल्लाको भेरी नगरपालिकाले राहत सामग्री जलाएको प्रति नागरिक समाज जाजरकोटले ध्यानाकर्षण भएको जनाएको छ । नागरिक समाजका संयोजक राजेन्द्र विक्रम शाहले सामाजिक सञ्जाल फेसवुक मार्फत नगरप्रमुख चन्द्रप्रकाश घर्तीलाई सम्बोधन गर्दै ध्यानाकर्षण भएको जनाएका हुन् ।
पत्रमा भनिएको छ, ‘जाजकोट भूकम्प २०८० बाट पीडित तथा प्रभावितहरुका लागि विभिन्न निकाय, संस्था र व्यक्तिहरु बाट भेरी नगरपालिकालाई हस्तान्तरित राहत सामग्री समयमा वितरण नगरी हालै जलाईएको समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’
‘भूकम्प पीडितहरु पहिचान गरी अस्थायी आवासको व्यवस्था गरिएको र भूकम्प पीडितको आवासको विस्तृत क्षति मुल्यांकन भईरहेको अवस्थामा लामो समय सम्म राहत सामग्री वितरण नगरी जलाउनु पर्ने अवस्था कसरी सिर्जना भयो ? यसमा जिम्मेवार पदाधिकारीलाई कार्वाहीको माग गर्दछौं’ पत्रमा भनिएको छ ।
विहीबार हाम्रो पहुँच डटकमले भेरी नगरको बदमासी : राहत थन्क्याएरै जलाईयो, बाँडिएन् भूकम्प पीडितलाई ( भिडिओसहित) समाचार प्रकाशित गरेको थियो ।
याे पनि पढ्नुहाेस्
भेरी नगरको बदमासी : राहत थन्क्याएरै जलाईयो, बाँडिएन् भूकम्प पीडितलाई ( भिडिओसहित)
















































हाम्रो पहुँच संवाददाता । ६ चैत्र २०८१, बिहीबार