
खलंगा । जाजरकोटमा समाजवादी मोर्चा नेपालको जिल्ला संयोजन समिति गठन भएको छ । आइतबार खलंगामा बसेको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संयुक्त बैठकले मोर्चा गठन गरेको हो ।
नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष दीपबहादुर थापाको संयोजकत्वमा ६ सदस्यीय जिल्ला समिति गठन गरिएको छ ।
मोर्चाको सदस्यहरूमा माओवादी केन्द्रबाट जिल्ला कमिटी सचिव ईमाश्वर देवकोटा, प्रेमबहादुर खत्री, नेपाल कम्यूनिष्ट पार्टी जिल्ला सेक्रेटरी सूर्यकिरण सी, विराजन सी, एकीकृत समाजवादी जिल्ला कमिटी सचिव मानबहादुर बुढा रहेका छन् ।

समितिको संयोजकत्व समाजवादी मोर्चा नेपालको कार्यविधि २०८० बमोजिम आलोपालो प्रणाली अनुसार हुने जनाइएको छ । घोषणा कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज गणेशप्रसाद सिंह, नेकपा जिल्ला इन्चार्ज केवी सी, एकीकृत समाजवादीका जिल्ला इन्चार्ज, कृष्ण विसी, केन्द्रीय सदस्य कमान खड्का एकीकृत लगायतको उपस्थिति रहेको थियो ।

















































हाम्रो पहुँच संवाददाता । ४ फाल्गुन २०८१, आईतवार