
बारेकोट । बारेकोट गाउँपालिकाको केन्द्र लिम्सामा कृषि विकास बैंक लिमिटेडको शाखा छ । गाउँपालिकाले आफ्ना नागरिकलाई भरपर्दाे आर्थिक तथा वित्तिय सेवा प्रदान गर्न कृषि विकास बैंक सँग सम्झौता ग¥र्याे । सोही बमोजिम बैंकको शाखा स्थापना भयो । बैंक शाखा स्थापना भएको धेरै बर्ष भईसकेको छ तर पनि सेवाप्रवाह सुधार हुन नसक्दा सेवाग्राही आजित छन् ।
बारेकोट गाउँपालिका ‒०५ नायकवाडाका रामु सिंह ठकुरी लेख्छन्, ‘हामी सबैलाई कर्मचारीहरुले सेवाग्राहीलाई गर्ने व्यवहार मन परेको छैन्,सरकारका कर्मचारी भएर सेवाग्राहीलाई बोल्नेशैली अपाङ्ग असहाय वृद्धहरुलाई उनीहरुले गर्ने व्यवहार,स्वभाव गलत छ, आफुलाई के ठानेका छन्, बैंकका दलालहरुलाई पाठ सिकाउनुपर्छ अब ।’ सिंहले अभिव्यक्त गरेको प्रतिक्रियामा कर्मचारीले गर्ने व्यवहार सेवाग्राहीलाई मन परेको देखिदैन् ।


अर्का सेवाग्राही बारेकोट ‒०२ का प्रकाश गिरी लेख्छन्, ‘यो समस्या तपाई हाम्रो मात्र नभई समग्र बारेकोटवासीको हो । बैंकका कर्मचारीहरुको ज्यादती अलि बढिनै छ ।’ बारेकोट गाउँपालिका ‒०२ लिम्साका खमप्रसाद सिंह लेख्छन्, ‘हो सर्वप्रथम सिमान्तकृत भित्रका नागरिक, जेष्ठ, महिला बालबालिका, बुढापाखाको काम अगाडि नै हो जो की जहाँ पनि ठूलावडाको काम किन प्राथमिकतामा राख्छन् ?’

अर्का सेवाग्राही एम.बी. घर्तीमगर लेख्छन्, ‘सालाजीको मतमा पूर्ण सहमत छु, सम्मानजनक सेवाप्रवाह भन्ने त जिरीमा छ,यसका लागि पालिकामा, कृयाशिल राजनीतिक दल र बैंकवीच गहिरो गरी छलफल गर्नु जुरुरी छ, त्यो छलफल बैंकबाट सेवा लिने जोखिम वर्गहरु जस्तै जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी र एकल महिलामैत्री हुनुपर्दछ, जोखिम वर्गमैत्री सेवाप्रवाह गर्नु स्थानीय सरकार लगायत सर्वपक्षीय दायित्व भएकोले सबैको साझा अभिमत हुन अत्यावश्यक छ ।’

यी त केही उदाहरण प्रतिक्रिया मात्रै हुन् । बारेकोट गाउँपालिका ‒०१ का सुरेन्द्रबहादुर पुनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसमा यो समाचार तयार पार्दा सम्म ९५ जनाले यस्तै प्रतिक्रिया दिएका छन् । बैंकले सेवाग्राहीका लागि भरपर्दाे सेवा प्रवाह गर्न नसकेको र कर्मचारीको व्यवहार सेवाग्राहीमैत्री नभएको देखिन्छ । बारेकोटमा एउटा मात्रै बैंक छ ।
https://www.facebook.com/share/p/15QUyrmqbC/
त्यही बैंकले भरपर्दाे सेवा दिन नसक्दा नागरिकले हैरानी खेप्नुपरेको छ । वृद्धभत्ता र बालपोषण भत्ता बुझ्न जाने वृद्ध तथा महिलाहरुले दुःख पाउनु परेको छ । अर्काे बैंक शाखा स्थापना नहुँदा सम्म सेवाग्राहीले यस्तै समस्या झेल्नुपर्ने स्थानीय बताउँछन् ।


एउटा बैंकले पनि व्यवस्थापन गरेर सेवाप्रवाह गर्न सके राम्रो हुन देखिन्छ । यता बैंकका कर्मचारी नवीन गौतमले वास्तविक सेवाग्राहीले सेवा पाईरहेको र गलत मनसायले प्रचार भईरहेको बताएका छन् । बैंकमा विजुली, नेटवर्कको समस्याले सेवाप्रवाहमा केही समस्या भईरहेको स्वीकार गरे । उनले भने, ‘केही मात्रामा समस्या भएपनि उहाँहरुले भनेको जस्तो सेवा प्रवाहमा समस्या भएको छैन् ।’ सेवाग्राहीलाई सेवा प्रवाह गर्न बैंक खटिरहेको उनले दावी गरे ।
याे पनि पढ्नुहाेस्
















































हाम्रो पहुँच संवाददाता । २४ माघ २०८१, बिहीबार