
छेडागाड नगरपालिका – १० खाल्टाकुरा स्थित कालिका विक र उनका श्रीमान्
जाजरकोट । तत्कालिन सरकारले २०६५ साल भदौ २१ गते हलिया मुक्त राष्ट्र घोषणा ग¥र्याे । हलियाको लगत संकलन र प्रमाणिकरण गरी जिल्ला बाट पठाईयो । केही पहुँचमा भएका हलियाहरु समेटिए । अधिकांश छुटे । हलिया प्रमाणिकरण भएका व्यक्तिहरुले ३ लाख सम्म नगद पाए । सरकारले परिचय पत्र समेत वितरण ग¥र्याे ।
तर हलिया प्रमाणिकरण नभएकाहरुको दैनिकी झनै कष्टकर बनिरहेको छ । छेडागाड नगरपालिका —१० खालटाकुराका कालिका विकको परिवार सँग एक टुक्रा जमिन छैन् । अरुकै काम गरेर परिवारको गुजरा चलिरहेको छ । गाउँमा जमिन नहुँदा नजिकैको जंगलमा बसोबास छ । ‘गाउँमा रहेका साहुहरुको अहिले काम गरे, दैनिकी गुजरा हुन्छ, नत्र हामी सँग केही छैन्, भोली साहुले पठाईदियो भने कहाँ जाने उनले भनिन्, ‘सरकारले केही दिएको छैन्, कहीकतै नाम पनि छैन्, काम पनि दिएको छैन् ।’
उनीहरुको परिवारलाई हलियामा प्रमाणिकरण गरिएको छैन् । उनीहरु जस्तै धेरै हलिया परिवारहरु प्रमाणिकरणका लागि छुटेका छन् । उनीहरुको जीवनयापनका लागि सरकारले सोच्न जुरुरी छ ।
जिल्ला मालपोत कार्यालय जाजरकोटको तथ्यांक अनुसार दुई सय २ जना हलियाहरु प्रमाणिकरण भएका छन् । उनीहरुले जग्गा खरिद गर्ने, घर बनाउने लगायतका सेवा सुविधा लिएको मालपोत कार्यालय जाजरकोटका प्रमुख डिल्ली केसीले जानकारी दिए । तर हलिया प्रमाणिकरण नभएका व्यक्तिहरुले सुविधा लिन नसकेको प्रमुख केसीले बताए ।
हलियाको पहिचानका लागि सरकारले त्यसपछि लगत संकलन र प्रमाणिकरणको काम गर्न सकेको छैन् । अहिले स्थानीय सरकारले गर्नुपर्ने त्यस्ता काम स्थानीय तहको प्राथमिकतामा नपढ्दा अहिले पनि हलियालाई जीवनयापन गर्न असजिलो भईरहेको छ ।

हलिया महासंघ जाजरकाेटका अध्यक्ष डम्बरबहादुर नेपाली
१७ सय भन्दा बढी हलिया छन्
जाजरकोट जिल्लामा मात्रै १७ सय भन्दा बढी हलिया रहेको जिल्ला हलिया महासंघ जाजरकोटका अध्यक्ष डम्बरबहादुर नेपालीले बताए । उनका अनुसार प्रमाणिकरण भएका छोडेर नभएकाहरुकै संख्या धेरै छ । ‘अहिले पनि गाउँमा अरुकै काम गरेर खाने मानिसहरु धेरै छन्, उनले भने, ‘अहिले उहाँहरुको जीवनयापनमा समस्या भईरहेको छ, स्थानीय तहहरुले समेत हलिया लक्षित कार्यक्रम ल्याएका छैनन् ।’
छुटेका थप हलियाहरुको प्रमाणिकरणका लागि कुनै पहल नभएको समेत बताए । ‘स्थानीय तहहरुमा हलियाहरुलाई राजनीतिक रुपमा हेरियो, उहाँहरुको समस्या समाधानका लागि स्थानीय तहले कुनै पहल थालेका छैनन् उनले भने, ‘हलियाको समस्या समाधानका लागि स्थानीय सरकार गम्भीर भएर लाग्नुपर्ने छ ।’ उहाँहरुको जीवनयापनका लागि विभिन्न क्षमता विकास, व्यवसायिक र स्वरोजगारमुखी कार्यक्रम ल्याउन जरुरी रहेको उनको भनाई छ । ‘हलियाहरु सँग कृषि योग्य जमीन पनि छैन् । आफुले घर बनाउने स्थिति छैन, उनले भने, ‘अब हलियाका लागि सरकार गम्भीर बन्न आवश्यक छ ।’

जिल्ला समन्वय समिति जाजरकाेटका प्रमुख कालीबहादुर खत्री
‘स्थानीय तहले पहल गर्नुपर्छ’
जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीबहादुर खत्रीले हलियाको समस्या समाधानका लागि स्थानीय तहले पहल थाल्नुपर्ने बताए । उनले भने, ‘अहिले संविधानले स्थानीय तहलाई केही अधिकार दिएको छ, जिल्लामा छुटेकाहरुको लगत संकलन र प्रमाणिकरणका लागि समेत स्थानीय तहले पहल गर्नुपर्दछ ।’ हलिया प्रमाणिकरण भएकाहरुको जिविकोपार्जनमा ध्यान दिन स्थानीय तहलाई आग्रह गरे । जग्गा जमिन केही नभएकाहरुलाई सरकारले जग्गा उपलब्ध गराउने, उनीहरुको क्षमता विकासका लागि विभिन्न तालिमहरु सञ्चालन गर्ने, स्वरोजगारमुखी कार्यक्रमको थालनी सरकारले गर्नुपर्ने उनको भनाई छ । ‘अहिले जिल्ला समन्वय समितिलाई त्यस्तो अधिकार छैन, उनले थपे, ‘संघ, प्रदेश र स्थानीय सरकार गम्भीर भई लाग्नुपर्ने देखिन्छ, हामीलाई त्यस्तो अधिकार भएको भए, हामी केही गर्ने थियौं, त्यस्तो नभएपनि स्थानीय तह सँग समन्वय गर्नेछौं ।’
प्रमाणिकरण भएकाहरुको दुःख उस्तै
पुस्तौ देखि हलिया बस्दै आएका बारेकोट गाउँपालिका— ६ घर्तीगाउँका गोरखबहादुर महतारा अहिले सम्म पनि हलिया मुक्त भएका छैनन् । उनका दुई पुस्ता देखि नर बहादुर महताराको घरमा हलियाकै रुपमा काम गर्दै आएको गोरखले बताए ।
उनी भन्छन्, ‘सरकारले २०६५ साल भदौ २१ गतेका दिन हलिया मुक्तीको घोषणा गरेपछि पुस्तौ देखीको दासताबाट मुक्ती पाईन्छ भनेर औधी खुसी भएको थिए तर हलिया मुक्त राष्ट्र घोषणा गरिएको १३ बर्ष पुरा हुँदा पनि म अहिले सम्म पनि हलिया मुक्त हुन सकेको छैन् ।’
जग्गा जमिन नहुँदा उनको बुवा भाउसिंगे महतारा गाउँका नर बहादुर महताराको घरमा हलिया बस्न बाध्य भएका थिए । भाउसिंगे महताराले जीवनभर उनीहरुकै हलो जोतेर विताए । गोरबहादुर महतारा एक बर्षको हुँदा उनका बुवा भाउसिंगे महताराको निधन भएको थियो । त्यसै कारण उनी बाल्यकाल देखि नै नर बहादुर महताराको घर हलिया बस्न बाध्य भएको गोरख बहादुरको भनाई रहेको छ । उनले नर बहादुरकै घरमा हलिया बसेर नै कक्षा बाह्र उर्तिण गरेका थिए ।
बाजे, बुवाको पुस्ता देखि नै आफ्नो घर जग्गा नभएको हुँदा नाती गोरखले पनि अहिले सम्म मुक्ती पाएका छैनन् । ‘हाम्रो दुई पुस्ताले हलिया भएर जीवन विताए, ‘मैले पनि आधा जीवन हलिया भएर विताएको अव मेरा छोराहरुलाई यस्तो दासतापुर्ण अवस्था भोग्नु नपरोस् उनले भने ।’
सरकारले हलियाबाट मुक्त भएको घोषणा त गर्यो तर पुर्नस्थापनाका लागी ठोस कार्यक्रम नगर्दा आफुहरुको स्थापना हुन नसकेको गोरखले बताए । घरमा श्रीमतीले नियमित रुपमा औषधी प्रयोग गर्ने, छोरा छोरीलाई विद्यालय पढाउने र आफ्नो घर जग्गा नभएको हुँदा हलिया भएर काम गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।
अहिले विहान बेलुकाको छाक टार्न मुस्किल पर्ने गरेको बताउँदै उनले सरकार सँग मुक्त हलिया परिवारको रोजीरोटीका लागी रोजगारीको ब्यवस्था गरिदिन माग गरेका छन् । पुस्तौ देखी हलिया बस्दै आएका जाजरकोट जुनीचाँदे दहका मानसिंह दमाईको परिवार हलियाबाट मुक्त हुँदा १३ बर्ष अघि निकै खुसी भएका थिए तर कार्यान्वयन नहुँदा अहिले समस्या भएको छ । छेडागाड नरपालिका ७ डुडागाउँका ५० बर्षिय जसे सार्की १३ बर्ष देखि छेडागाड नगरपालिका ५ वडावनमा सर्जन शाहीको घरमा हलियाको काम गर्दै आएका छन् ।
याे पनि पढ्नुहाेस्
आफ्नो घरमा भएको जग्गाले ३ महिना खान नपुग्ने भएको हुँदा नियमित रुपमा हलियाकै रुपमा काम गर्दै आएको उनले बताए । उनीहरुको काम गरे वापत कार्तिक महिनामा ३० पाथी मकै, १५ पाथी धान र जेठको महिनामा १५ पाथी गहुँ दिने गरेको जसे सार्कीले बताए ।
घरको आर्थिक कम्जोरीको भएको स–साना भाई बहिनीहरुलाई पढाउनु पर्ने र आमाको औषधी खर्च जुटाउनका लागि भएपनि १० कक्षा पास गर्न साथ पढाई छोडेर १८ बर्षिय छोरा विदेश गएको सार्कीको भनाई रहेको छ । यस्तै, छेडागाड नगरपालिका १३ का जित बहादुर सार्की लामो समय देखि छेडागाड १२ हलियाको रुपमा काम गदै आएका छन् ।
भएको घर जग्गा सडक निर्माण गर्ने क्रममा भत्किएको र सरकारको दिएको रकमले छेडागाड १२ मा ५ रोपनी जग्गा किनेको तर उक्त जग्गामा उत्पादन भएको अन्न ३ महिना नपुग्ने, छोरा छोरीलाई विद्यालय पढाउनु पर्ने तर घरको आर्थिक अबस्था न्युन भएको उनकी श्रीमती सेतु सार्कीले बताईन् ।
















































कालीबहादुर नेपाली । १४ पुष २०८१, आईतवार