कोरोना : दुबईबाट नेपाल आएका व्यक्तिको आईसोलेसनमा मृत्यु

'थ्रोट स्वाव’ परिक्षणका लागि काठमाण्डौं पठाइएको

रुपन्देही । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको आशंकामा रुपन्देहीको बुटवलमा रहेको कोरोना विशेष अस्पताल आईतवार एक जनाको पुरुषको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल एंव कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिएका छन्।

डा. थापाका अनुसार उनी चैत १३ गते कोरोना भाईरस अस्पताल बुटवलमा भर्ना भएको आइतबार विहान मात्रै उनको ‘थ्रोट स्वाव’ परिक्षणका लागि काठमाण्डौं पठाएको वताएका छन्। चैत ६ गते दुबईबाट नेपाल आएका उनीमा सामान्य ज्वरो आएको र स्थानिय मेडिकलमा उपचार गर्दा पनि उनको ज्वरो नरोकिएपछि थप उपचारका लागि उनी चैत १३ गते उक्त अस्पताल आएको कोरोना विशेष अस्पताल बुटवलले जनाएको छ ।

यस्तै उनको नमूना परीक्षाका लागि आइतबार बिहान मात्रै काठमाडौँ पठाइएको र यता उनको नमूना परीक्षणको रिर्पोट नआउँदै मृत्यु भएको छ । पाल्पाको कुसुमखोला स्थायी घरभई हाल रुपन्देहीको सैनामैनामा वस्दै आएको उक्त व्यक्ति वैदेशिक रोजगारको शिलशिलामा दुबईमा काम गर्ने गरेको वताईएको छ । तर उनको मृत्यु भएपनि के कारण मृत्यु भएको भन्ने वारे नमूना परीक्षणको रिर्पोट आए पश्चात् मात्रै थाहाँ हुने फोकल पर्सन डा. थापाले जनाए।

तपाईको प्रतिक्रिया