समाचार प्रभाव ः बारेकोटमा १० वेडको क्वारेन्टाइन

विद्यालयको भवनमा सोमबार नै स्थापना गरिने

कोरोना महामारीबाट बच्न कुल देवतालाई बली

कालीबहादुर नेपाली, जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिकामा १० वेडको क्वारेन्टाइन स्थापना गरिने भएको छ । आइतबार गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले सामाजिक सञ्जाल फेसवुकमा वीरेन्द्र ऐश्वर्य माद्यामिक विद्यालयको भवनमा १० वेडको क्वारेन्टाइन स्थापना गरिने जानकारी दिएका छन् ।

शनिबार एचपीखबर डटकममा आइसोलोसन कक्ष र क्वारेन्टाइन विहीन स्थानीय तह शीर्षकमा समाचार प्रकाशित भएपछि स्थानीय सरकारले थालनी गरेको छ । आइतबार बसेको आकस्मिक वैठकले वीरेन्द्र ऐश्वर्य माद्यामिक विद्यालयको भवनमा स्थापना गरिने गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए ।

साथ वैठमा लकडाउनलाई प्रभावकारी बनाउन पनि छलफल गरिएको छ । भारत लगायतका खाडीमुलुकमा बाट फर्केका गाउँपालिका भित्रका शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा आउन समेत आग्रह गरिएको छ ।

साथै गाउँपालिकाका दुई स्थानमा चेकजाँचका लागि हेल्प डेस्क निर्माण गरिएको छ । आइतबारको छलफलमा नेकपाका नेता डम्बरबहादुर सिंह, नेपाली काँगेसका नेता भुमीलाल राेकाय, वीरेन्द ऐश्वर्य माद्यामिक विद्यालयका प्रधानध्यापक गोरखबहादुर सिंह, रामीडाडा प्रहरी चौकीका प्रमुख हेरम्बहादुर पाण्डे, स्वास्थ्य संयोजक वीरराज सिंह, प्रमुख प्रशासकीय अधिकृत गोविन्द्रबहादुर सिंह लगायतका व्यक्तिहरुको उपस्थितीमा सोमबार नै क्वारेन्टाइन स्थापना गरिने विषयमा छलफल भएको हो ।

काेराेनाे भाइरस Covid- 19 सन्दर्भमा नेकपा नेता डम्बर बहादुर सिंह, नेपाली काँग्रेस नेता भूमिलाल राेकाया, बिरेन्द्र ऐश्वर्य मा.बि. लिम्साका प्रधानाध्यापक गाेरख बहादुर सिंह, इलाका प्रहरी कार्यालय रामिडाँडाका प्रहरी निरिक्षक हेरम्ब पाण्डे स्वास्थ्य संयाेजक बिरराज सिंह र निमित्त प्रमुख प्रशासकिय अधिकृत गाेबिन्द सिंह र प्रहरी सहायक निरिक्षक प्रमाेद जंग शाह लगायतकाे महत्त्वपूर्ण छलफल र परामर्श भयाे । कार्यापालिकाकाे चैत्र ९ गतेकाे निर्णय अनुसार बिरेन्द्र ऐश्वर्य प्रा. बि. काे भवनमा १० बेडकाे क्वारेन्टाइन भाेलि देखि नै संचालनका लागि तयारि गर्ने र Lockdown लाई प्रभावकारि बनाउन सवै तह र क्षेत्र लागि पर्ने र साेहि अनुसार निर्देशन गर्ने लगायत महत्त्वपूर्ण छलफल ।अाभार सहित धन्यवाद उपस्थित सबैलाई ।

https://hpkhabar.com/?p=3027

तपाईको प्रतिक्रिया