
कोविड नाइन्टिन तिमले पार्याे , संसार शोकमग्न’
प्रिय कोरोना
संसारमा ठुलो बिपत्ति आउनु नामै पत्ता नलागेको रोग लाग्नु मानिसहरु हजारौँको संख्यामा मुर्न लाखौँ मानिसमा संक्रमित हुन, ए कोरोना भाई । तिमीलाई कस्ले जन्माएको हो तिमी कहाँ उत्पत्ती भएका हौ । तिम्रो उद्गम स्थल चिनको हुवेई प्रान्तको वुहान शहर है तिमी जन्मेको विश्वको कुना कुनामा तिमी पुगी सक्यौ त अव तिमीले कहाँ सम्म पुग्ने विचार गरेका छौँ । कोहीलाई सेवा गर्दा गर्दै खाइसक्यौ , कोहीलाई एक्लो बनाई सक्यौ, आखिर तिमीनै रहेछौ ।
कसैलाई घरवार विहीन बनाई सक्यौ ए कोभिड नाइटिन , रफतारमा हिडेका छौ रोकिदैनौ एकैछिन , बस्ती बस्तीमा तिमी शहर शहरमा तिमी गाउँ गाउँमा तिमी राजाको दरवारमा तिमी , प्रजाको झुपडीमा तिमी तिमीलाई कुन हिसावले वयान गरौँ म ।
चिनको त्यो विशाल भूमिवाट तिमी कहाँ पुगेनौ है , तिमी त वास्तवमै स्मरण शक्ती भएका लालाबाला देखी युवायुवती , बयस्क, १०० वर्ष पार गरिसकेका बृद्ध , बृद्धाको मन मष्तिष्कमा पुग्यौ तिमी यति लोकप्रिय भयौ तिमी पनि इतिहासको पानामा लेखीएर सधैँ सम्म तिमी रहने भयौ , मेरो नाती , पनाती , जनातीले पनी तिम्रो यो बेलाको काण्ड हेर्न पाउने भए , तिमी त एक दुई कान मैदान भै छोडेउ त ।
पल्ला गाउँकी बुढी हजुर आमा काकाकै शोकले आधा घटिसक्नु भो ,साउदीको त्यो ५५ डिग्रीको तापक्रममा कोठा भित्रैको एसीले मेरो छोरालाई बचाउने हो बचाउने हैन भन्दै कुल देउतालाई नपुकारी खाना खान समेत रुचाउनु हुन्न । बर्षौ भयो माथिल्ला घरे मित काका कालापार भागेको १९ वर्ष सम्म नसम्झिएकी मेरी मितीनी बजैले कठै मेरो काले कोरोना भाइरसको सिकार हुने भयो भन्दै चिन्ता गर्नुहुन्छ ।
कतारमा गएका मेरा भान्ज , मलेशिया गएका ठुला दाई , साउदी गएको कान्छो भाई ,बेला बेला फोन गर्छन कठै के दशा लागेर आईएछ खाडीमा , हामी पनी भर्खरै आएको वेला यो के जाती भाइरसले भेटाउला भन्ने त्रासमा कोठा भित्रै थुनिएर ,बसेका छौँ बाचिए पछी होला नेपाल फर्काई नत्र यती त होला व्यवारिसे जिन्दगी ।
क्वारेन्टाइन बसीरहेकी उनी आसल तासल गर्दै दिन गनी रहेकी छिन , त्यो तिमीले गर्दा हो । ए नाइन्टीन तिमीले त विश्व नै लकडाउनमा पारिदियौ त तिम्रो जन्म चमेरोवाट भएको हो भन्छन त विशेषज्ञहरु तिमीले त विश्व नै शोक मग्न बनाई दियौ त । नेपालमा पनि तिमी केही अन्त्रालमा सक्रिय देखिन थाल्यौ त , तिम्रो आगमन नेपालमा नभएकै राम्रो भन्नलाई कुनै तिमीले बाटो दिएनौँ ।
तिमी बाट मुक्ती पाउन नेपालका केही भागहरुमा घरको थारो ,जहाँ विहानै उठेर लिपपोत गर्ने ठाँउ मुल ढोकाको छेउमा खनेर अङ्गार निकालेर निधारमा दलिसके , मान्छेमा कति भ्रम छरिदिएको छौ है तिमीले , के अव अङ्गार निधारमा दलेर तिमी आउदैनौ त ? तिमीले कसैलाई छाडेनौ है विकसित देशका डाक्टरलाई तिमी लाग्यौँ , प्रधानमन्त्री, राजालाई त तिमीले छोडेनौँ हामी प्रजालाई त झन के छोडौला र नाइन्टीन कोभिड,कोही करिना भन्छन, कोही करुणा , कोही कोइराला , कोरुणा कोही कोरोना,। मेरी छोरी मलेसियामा छे , साउदीमा छे , कुवेतमा छे , ओमनमा छे , अमेरिकामा छे भन्दै बाआमा पिर गरिरहेका छन ।
हैजाले लाननसेको भन्दै हिजो गाली गर्ने मेरी आमाले ए केटा बाहिर नघुम है भेटाउलास भन्दै चेतावनी दिनुहुन्छ । महामारीको रुपमा फैलिरहेको यो कोभिड नाइन्टीन बाट बच्न ,मास्क प्रयोग गरौ बेला बेला सावुन पानीले हात धुन पर्छ भन्दै सरोकारवाला निकायले टोल टोलमा माइकिङ गर्दै खवरदारी गरीरहेकै छन ।
तिमी लागेपछी त कस्तो भयौ के भयौ भन्न पनी नपाइने रैछ आफन्तहरुलाई ,अव छिट्टै तिमी निर्मुल हुनै पर्छ कोभिड तिमी । विचरा कोही त छोरो पर्खिरहेका होलान त इटली , इरान , अमेरिकामा , बाउ आमाले तिम्रै कारणले छोरोको चेहेरा समेत देख्न नपाई शोकै शोकमा दिन काट्न बाध्य हुने भए त आमा बा त, राष्ट्रको लागी खेल्ने खेलाडी ,केही क्षणमा भएपनी आझेलमा पा¥यौ तिमीले , विकसित राष्ट्रहरुमा हुने विभिन्न खेल, ओलम्पिक खेलमा पनी तिमीले हानि पु¥यायौ नाइन्टीन भो तिमीलाई यत्ति सम्झै मैले , तिम्रो यात्रा जारी छ म पनी तिमीलाई पछ्याइरहने छु जब सम्म तिमी नियन्त्रीत हुदैनौँ तब सम्म मपनी लेखीरहने छु । तिमी कस्तो,समयमा प्रारम्भ भएका हौँ तिम्रो वारे केही कल्पना गरेर लेख्न मन लाग्यो ।।
टेकराज पुन
अाठविसकाेट नगरपालिका रुकुम पश्चिम
















































। १६ चैत्र २०७६, आईतवार