चोरबाटो प्रयोग गर्छन्, स्वास्थ्य जाँच गर्दैनन्

                         कुशे गाउँपालिका वडा न‍ १ का वडाध्यक्ष माइकिन गर्दै गाउँमा

जाजरकोट : जिल्लाबाट वैदेशिक रोजगारीमा गएर घर फर्कनेदेखि अन्य कामले भित्रिनेहरू धमाधम चोरबाटो फर्किरहेका छन्। गाउँगाउँमा सुरक्षित रुपमा बस्न आग्रह गरिए पनि कतिपय भने अनावश्यक हिँड्ने गरेका र सुरक्षाकर्मी सहितको स्वास्थ्यकर्मी टोली खटिएको ठाउँमा कतिपयले जाने नगरेका बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले बताए।

उनका अनुसार जिल्लाका सबै पालिकामा यही समस्या देखिएको छ। प्रहरी, कर्मचारी र स्वास्थ्यकर्मीहरु लगातार गाउँगाउँमा माइकिङ गरिरहेका छन्। तर धेरैजसो वेपर्वाह हिँडिरहेका छन्। स्थानीय सरकारले भीडभाड नगर्न, खुला रुपमा नहिँड्न आग्रह गरे पनि देवीदेवतालाई बलि दिन मन्दिर जान भनी स्थानीयहरु हिँडने गरेका सिंहले बताए। यसैबीच नलगाड नगरपालिकाको एैरारीमा तीन वटा बोकाको बलि दिइएको छ।

बारेकोट गाउँपालिका वडा नम्बर २ मा देवीदेउता र धामीझाँक्रीमा विश्वास गर्ने ठूलो जमात भएकाले कोरोना महामारी भगाउन त्यहाँका समुदाय अटेर गरी बलि चढाउन जाने गरेका वडा नम्बर २ का अध्यक्ष द्वारिका बुढाले बताए। कतिपयले तआफ्ना जहान केटाकेटी बचाइदिन माग गर्दै देउतालाई पछि बलि दिने भन्दै घरबाहिर निस्किरहेका उनले बताए।

यता स्वास्थ्यकर्मीलगायतले बाम्बर संक्रमण भए पनि तत्काल लक्षण नदेखिने भन्दै सम्झाए पनि धेरैजसोले वास्ता नगरेका बुढाले गुनासो गरे। बाहिरबाट आउनेको तथ्यांक राखिएन हालसम्म भारतबाट कति मानिस फर्किए जिल्लामा कसैले पनि तथ्यांक राखेका छैनन्।

जिल्लामा ठूलो संख्यामा भारतबाट मजदुरी गरेर फर्कने भए पनि केही सीमित संख्यालाई बाहेक क्‍वारेन्टाइनमा राखिएको छैन। घरको मुल ढोका खनेर कोइला भेटिएको भन्दै त्यसलाई तेलमा राखेमा मात्र कोरोनाबाट बच्न सकिन्छ अन्धविश्वास जिल्लामा पनि भित्रिएको छ।

तपाईको प्रतिक्रिया