खलंगा । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कोषाध्यक्षमा जाजरकोटका वीरबहादुर बस्नेत निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा बस्नेत सर्वसम्मत निर्वाचित भएका हुन् ।
२०४४ सालदेखि रेडक्रसको आजीवन सदस्य बनेका बस्नेत २०४६ सालदेखि जाजरकोट जिल्ला सदस्य बनेका थिए । २०७६ मा नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशका उपमहासचिव बनेका थिए ।
हाम्रो पहुँच संवाददाता । २ श्रावण २०८०, मंगलवार