गायक शिव परियारले सामाजिक भावका गीत, भक्ति संगीत, भजन निःशुल्क गाउने

नेपाली आधुनिक संगीत क्षेत्रका लोकप्रिय युवा गायक शिव परियारले भगवानको स्तुति गरिएका कुनै पनि गीत निःशुल्क रुपमा गाउने घोषणा गरेका छन्। नयाँ वर्ष सन् २०२० को सन्दर्भ पारेर उनले प्राणी तथा मानव कल्याणको उद्देश्य राखेर भगवानको स्तुतिका लागि गाइने भजन, स्तुति वा भक्ति संगीत कुनैमा पनि शुल्क नलिने भनी सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो निर्णय सार्वजनिक गरेका छन्।

कसैले आवश्यक ठानेमा आफूले निःशुल्क रूपमा गाइदिने त्यस्ता गीतलाई व्यवसायिक योजनाका लागि भने तयार पारिएको हुन नहुने उनको शर्त छ। सामाजिक सेवाका भाव झल्किने त्यस्ता गीतको लागि आफूले समयको व्यवस्थापन गरेर स्वर भर्ने कलाकार परियारले बताएका छन्।

उनले फेसबुकमा लेखेका छन्,

‘नेपालबाहेक संसारको नयाँ वर्ष २०२० देखि मैले एउटा निर्णय गरेको छु। कुनै व्यवसायिक योजना नराखी समग्र प्राणी तथा मानव कल्याणको परम उद्देश्य राखेको छु। यदि तपाइँ मेरो आवाजमा भगवानको स्तुति गान, भक्ति संगीत, भजन रेकर्ड गराउन चाहनु हुन्छ। म मेरो व्यस्तताको समय भन्दा अलिक अनुकूल समय मिलाएर मेरो स्वरको कुनै मूल्य नलिई फ्री मा भजन रेकर्ड गर्न स्वर दिने छु। नोट: तपाइँलाई याद रहोस् यो प्रयोजनमा तपाइँले भजनको नाममा मेरो आवाजको कुनै पनि किसिमको व्यापार गर्न पाउनु हुने छैन। यसका लागि नितान्त सामाजिक सेवाको भाव हुनु पर्ने छ। यो कुरा सम्झौता पत्रमा उल्लेख गरिने छ। कृपया सम्पर्क गर्नु होला।’

तपाईको प्रतिक्रिया