एन्फा कार्यसमिति माघ २६ मा, ३१ एजेण्डा तय

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमित बैठक माघको अन्तिम साता बस्ने भएको छ ।

फुटबल सम्बन्धी विविध बिषयमा निर्णय लिन भन्दै एन्फाले २६ गते कार्य समिति बैठक बोलाएको हो ।

बैठकका लागि ३२ वटा एजेण्डा तय गरिएको छ ।

१३ औं सागका फुटबल खेलाडीलाई पुरस्कृत गर्ने बिषयदेखि फुटबल गतिविधि र पुर्वाधार निर्माणका विविध बिषय एजेण्डामा समावेश गरिएको छ ।

कार्य समिति बैठकनै नबसेर महत्वपूर्ण निर्णय गरिएको भन्दै एन्फाभित्र एक समूहले असन्तुष्टि जनाउँदै आएको थियो ।

लिग सञ्चालन, प्रदेश कमिटि गठन लगायतका विविध महत्वपूर्ण बिषयमा नेतृत्वले छलफलनै नगरेर निर्णय गरेको भन्दै वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ्ग लगायतका कार्यसमिति सदस्य रुष्ट छन् ।

उनीहरुले अनौपचारिक रुपमै जति सक्दो चाँडो कार्यसमिति बैठक बोलाउन माग गर्दै आएका थिए ।

फिफाको सहयोगमा पोखरामा बहुउद्धेश्य टेक्निकल सेन्टर स्थापना गर्नेदेखि अन्तिम समयमा पुगेको ए डिभिजन लिगको सञ्चालन लगायतका एजेण्डा बैठकका लागि राखिएको छ ।

खेलपाटीलाई प्राप्त पत्र अनुसार कार्य समिति बैठकका एजेण्डा निम्त लिखित छन् :

१. सागको खेलाडीलाई पुरस्कृत गर्ने सम्बन्धमा

२. लिग फुटबल सञ्चालन सम्बन्धमा

३. प्रदेश तथा राष्ट्रिय लिग तथा बजेट सम्बन्धमा

४. महिला लिग फुटबल सम्बन्धमा

५. एन्फा गल्स फुटबल एकेडेमी, रौतहटको निर्माण सम्पन्न तथा थप निर्माण र व्यवस्थापनको सम्बन्धमा

६. एन्फा एकेडेमी, सातदोबाटो र च्यासल टेक्निकल सेन्टर मर्मत सम्भार सम्बन्धमा

७. जिल्लाका भौतिक पुर्वाधार निर्माण सम्बन्धमा

८. एन्फा बहुउद्धेश्य टेक्निकल सेन्टर पोखरामा गर्ने सम्बन्धमा

९. फुटसल खेल मैदान निर्माण सम्बन्धमा

१०. एन्फाको प्राविधिक कार्यक्रम पारित सम्बन्धमा

११. मोफसलको प्रतियोगिता र बार्षिक कार्यक्रम सम्बन्धमा

१२. संघको बार्षिक बजेट पारित गर्ने सम्बन्धमा

१३. आन्तरिक लेखापरिक्षणको प्रतिवेदन सम्बन्धमा

१४. एन्फाको बार्षिक लेखा परिक्षण प्रतिवेदन सम्बन्धमा

१५. आर्थिक कार्यविधिको बुँदा संशोधन सम्बन्धमा

१६. संघको बार्षिक साधारण सभा सम्बन्धमा

१७ एन्फा कारोबारमा नयाँ छाप सञ्चालन गर्ने सम्बन्धमा

१८. यूईएफए बाट प्राप्त सहयोग लिने सम्बन्धमा

१९. एएफसी र फिफाबाट प्राप्त हुने सहयोगबाट भौतिक पुर्वाधार निर्माण गर्ने सम्बन्धमा

२०. सबै तहका क्लबको दर्ता प्रक्रिया सम्बन्धमा

२१. एन्फा क्लब लाईसेन्सीङ्ग सम्बन्धमा

२२. प्रदेश तदर्थ समिति गठन सम्बन्धमा

२३. आर्थिक नियमावली संशोधन सम्बन्धमा

२४. पेश्की रकम फरछ्यौट सम्बन्धमा

२५. आचार संहिता सम्बन्धमा

२६. अनुशासन सम्बन्धि कार्यविधि सम्बन्धमा

२७. अनुशासन कारबाहीको सम्बन्धमा

२८. कर्मचारी नियमावली तथा सेवा सुविधा तथा नियुक्ति सम्बन्धमा

२९. विश्वकप फुटबलको छनोट प्रतियोगिता सम्बन्धमा

३०. विश्वकप छनोटको खेलमा सहयोग गर्ने भुटान र अष्ट्रेलियालाई धन्यवाद दिने

३१. विविध ।

तपाईको प्रतिक्रिया