
जाजरकोट । नयाँ बर्ष २०८० सालको शुरुवात सँगै जाजरकोट खलंगामा सुविधा सम्पन्न होटल संचालनमा आएको छ । जाजरकोट उद्योग बाणिज्य संघ जाजरकोटका अध्यक्ष रमेश केसीले स्थापना गरेको आरआर भेरी ग्रिन होटल जिल्ला समन्वय समितिका संयोजक कालीबहादुर खत्रीले उद्घाटन गरेर शुभारम्भ गरेका हुन् ।
नयाँ बर्षका दिन रिवन काटेर खत्रीले होटलको उद्घाटन गरेका हुन् । लिफ्ट सेवा सहितको ६ तले आफ्नै भवनमा केसीले सुविधा सम्पन्न होटल संचालनमा ल्याएका हुन् । ६५ कोठे उक्त भवनका सवै कोठा प्रयोग गरेर होटल संचालन हुनेछ । जसमा २० कोठा एटेच बाथरुम र १० कोठा साधा कोठा छन् । कोठामा टिभी, एसी र डिलक्स वेडको ब्यवस्था गरिएको छ । एक सय भन्दा बढी क्षमताका दुई सेमिनार हल र ८ ओटा सम्म गाडी अट्न सक्ने अन्डरग्राउन्ड पार्किङ्गको ब्यवस्था रहेको होटल संचालक केसीले बताए । एक दिनको पाँच सय देखि दुई हजार सम्ममा कोठा बुक गर्न सकिने ब्यवस्था छ ।
बजार र ग्राहकलाई जतिसक्दो सुपथ र सहज तरीकाले सेवा दिने उद्देश्यले होटल शुरु गरेको उनले बताए । डोल्पा जाने पर्यटक, जाजरकोट आउने पर्यटक र आगन्तु, जिल्ला स्थित कर्मचारी लगायतलाई मध्य नजर गरेर जाजरकोट–डोल्पा सडकको सदरमुकाम खलंगा स्थित शान्तिचौतारा नजिकै सडक छेउमै रहेको होटलमा ग्राहकको चाहना अनुसारका खाना र खाजाको ब्यवस्था गरिने भएको छ ।
















































हाम्रो पहुँच संवाददाता । २ बैशाख २०८०, शनिबार