वैज्ञानिक समाजवादी क्रान्ति किन र के को लागि ?

प्रेम प्रकाश वली ( धमिल)

                                                   जहाँ दमन हुन्छ, त्यहाँ प्रतिरोध, जहाँ प्रतिरोध हुन्छ, त्यहाँ विफोष्ट –माओ
नयाँ सत्य सभ्यताको खोज यसै पनि चुनौतीपूर्ण हुन्छ । त्यसमा पनि मान्छेलाई वदल्ने परिवारलाई वदल्ने समाजलाई रूपान्तरण गर्ने कार्य असल हुदाँहुदै पनि निकै चुनौतीपुर्ण हुन्छ । असल कामको सफलता र चुनौतीहरूलाई सामना गर्नका लागि मिहिनेत र वलिदानको आबश्यकता हुन्छ ।

सहादत र सहिद तथा वेपत्ता योद्धा र घाईते योद्धाहरू त्यसैका अभिब्यक्ति हुन्छ । मानव जातिले नयाँ सभ्यताको निमार्ण जति गर्दै जाने छ । मानव जातिले नयाँ सभ्यताको निमार्ण जति गर्दे जानेछ । त्यति नै महान सहिद तथा वेपत्ता घाईते योद्धाहरूको ईतिहास पनि चम्किदै नयाँ जनवाद वैज्ञानिक समाजवादी क्रान्तिको कार्यदिशाले साम्यवादी व्यवस्था सबैभन्दा उत्कृष्ट व्यवस्था हो । सामान्यत यस्तो सफल व्यवस्थामा जान कसैले पनि विरोध र अवरोध नगर्नु पर्ने र सहर्ष सहमत हनुपर्ने हो भन्ने लाग्छ ।
तर पुँजीवादी व्यवस्थाका शासकहरू यसमा हुदैनन् उनीहरुले यसलाई रोक्न वल प्रयोग गर्दछन् । किनकी पुँजीपति वर्ग भनेको अरूको रगत पसिनामा बाँच्न रमाउने अरूको जीवन चुस्ने र आराम गर्ने वर्ग हो ।

पुँजीवादको विचारमा म मुख्य हँु । हामी होईन मेरो र मलाई प्रमुख हो । व्यवस्थालाई फालेर वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नको लागि हामीले चालेको र लिएको कार्यदिशा एकीकृत जनयुद्ध हो । क्रान्ति सत्ता र सत्तासिन वर्ग विरुद्ध सचेत र श्रमिक जनताले संघर्ष संचालन गर्ने क्रममा उपयोग गरिएको शब्द हो ।
यसको अर्थ हुन्छ जनताको विद्रोह, जनताको सशक्त संघर्ष, आमुल परिवर्तन, पुरानो सत्ताको ध्वंश र क्रान्तिकारी हेरफेर ।
क्रान्तिको परिभाषा गर्दा प्राय सवै विचारकहरु एउटा निस्कर्षमा सहमत छन,– क्रान्ति भनेको पुरानो व्यवस्था, विधि विधान र सरकारको पूर्ण परिवर्तन हो । पुरानोको ठाउँ नयाँले लिनु हो । यो ठुलो या सानो, कम या बढी संघर्ष र युद्धबाट पुरा हुन्छ ।

विचारक कार्ल माक्र्सको अर्थमा ‘क्रान्ति इतिहासको चालक शक्ति हो’ । (जर्मन विचारधारावाट) लेनिनको भनाइमा ‘क्रान्ति भनेको संझौताको अन्त्य गर्नु हो यसको मतलव हुन्छ समाजवादी क्रान्तिको बाटो पक्रनु ।’ उहाँको थप भनाई छ,– ‘क्रान्तिको प्रमुख काम भनेको राज्यसत्ता प्राप्त गर्नु हो ।’ माओको भनाइमा ‘क्रान्ति विद्रोह हो, हिंसात्मक कार्य हो जहाँ एउटा वर्गले अर्का वर्गलाई मिल्काइदिन्छ ।’
नेपाली क्रान्तिको सन्दर्भमा हाम्रो संश्लेषण छ कि क्रान्ति भनेको जनयुद्धको जगमा जनविद्रोह संगठित गरेर दलाल सामन्तहरुको राज्यसत्ता उल्टाउनु र जनताको गणतन्त्र अर्थात जनवादी गणतन्त्र स्थापना गर्नु हो । यसको अर्थ दलाल तथा सामन्ती राज्यसत्ताको विरुद्ध निर्णायक संघर्ष÷सशस्त्र संघर्ष÷जनविद्रोह संगठित गर्नु र जनताको राज्यसत्ता स्थापना गर्नु हो ।

क्रान्तिका आधारहरु
कार्ल माक्र्सको धारणामा विद्रोहका निम्ती निम्न आधारहरु मुख्य हुन्छन् ः–
१) तीव्र औद्योगिकरण
२) श्रमिक वर्गको व्यापक बृद्धि
३) मजदुर वर्गमाथिको अनियन्त्रित लुट
४) वैज्ञानिक विचार
५) संगठित पहल
लेनिनले बीसौं शताब्दीमा क्रान्ति सम्पन्न हुनका लागि थप आधारहरु प्रस्तुत गर्दा निम्न कुराहरु प्रस्तुत गर्नु भयो।
१) क्रान्तिकारी कम्युनिस्ट पार्टी
२) पुरानो सत्ताको असाध्यै संकट
३) जनताहरुमा चरम असन्तुष्टि
४) जनताहरु विद्रोहका लागि तयार हुनु
माओले लेनिन सम्मका आधारहरुलाई संश्लेषण गर्दै अर्ध सामन्ती तथा अर्ध उपनिवेश जस्ता देशमा जहाँको राज्य प्रणाली र आर्थिक सम्वन्ध सामन्तवादी प्रकृतिको छ । ती मुलुकमा क्रान्ति सम्पन्न गर्नका लागि थप नयाँ आधारहरु अघि सार्नु भयो ।
१) चरम साम्राज्यवादी हस्तक्षेप
२) जनताहरुको विद्रोही भावना
३) क्रान्तिकारी कम्युनिस्ट पार्टी
४) क्रान्तिकारी जनमुक्ति सेना
५) क्रान्तिकारी सयुक्त मोर्चा
नेपाली क्रान्तिका आधारहरु
सार्वभौम सत्य यो हो कि क्रान्तिका लागि केही सार्वभौमिक महत्वका आधार हुने गर्छन् । जहाँको क्रान्ति हरेक देशको आर्थिक र राजनीतिक सम्वन्धले निर्धारित पनि गर्ने गर्दछन् । हामीले नेपालमा क्रान्तिको तयारी गरिरहँदा हाम्रा विशिष्ट आधार के के हुन सक्छन ? जस्ले क्रान्ति सम्पन्न गर्न मुख्य भूमिका निर्वाह गर्दछन् । लामो संघर्षपछि हामीले क्रान्ति र विद्रोहका निम्न आधारहरु निर्धारण गरेका छौ ।
१. क्रान्तिकारी पार्टी
२. क्रान्तिकारी जनमुक्ति सेना
३. क्रान्तिकारी संयुक्त मोर्चा
४. मालेमावादी विचारधारा
५. अन्तर्राष्ट्रिय सम्वन्ध
६. जनयुद्ध र जनविद्रोहको समायोजन

नेपाली क्रान्तिका मौलिकताहरु
१).सदनको प्रयोग
२.) सरकारको प्रयोग
३) सहर र गाउँको सन्तुलन
४) खुल्ला र भूमिगत कामको तालमेल
५) सशस्त्र कारबाही र शान्तिवार्ताको प्रयोग

६) जनसंघर्ष र ससस्त्र संघर्षको प्रयोग

नेपाली क्रान्तिका उद्देश्यहरु
१) दलाल तथा सामन्तवादी राज्यसत्ताको अन्त्य गर्नु
२) जनवादी राज्यसत्ताको स्थापना गर्नु
३) उत्पीडित वर्ग, जाती, लिंगलाई अधिकार सम्पन्न बनाउनु
४) जनता र राष्ट्रलाई जनवाद, समाजवाद र साम्यवादतिर अग्रसर गराउनु
५) साम्राज्यवादी, विस्तारवादी मुख्यतः भारतीय हस्तक्षेपको विरुद्ध संघर्ष गर्दै स्वाधीन राष्ट्रको निमार्ण गर्नु

क्रान्तिका लागि केही संभावनायुक्त कारणहरु
नेपालमा क्रान्ति संभव छ र छैन भन्ने बहस भइरहँदा हाम्रो पार्टीले संभव छ भन्ने निष्कर्ष निकालेको छ । निष्कर्ष कुनै मनोगत लहड र इच्छाबाट भन्दा पनि खास वस्तुगत र आत्मगत ठोस आधारहरुबाट निकालेको छ । आधारहरु निम्नानुसार छन् ।

१) दलाल पुँजीवादी राज्यसत्ता र जनताबीचको अन्तरविरोध चर्किएर जानु
२) नेपाली जनता र भारतीय विस्तारवादका बीचमा संघर्ष बढ्नु
३) नेपालभित्र दलाल र सामन्तहरु जनता भन्दा कमजोर हुनु
नेपाली क्रान्तिका मौलिकताहरु
१).सदनको प्रयोग
२.) सरकारको प्रयोग
३) सहर र गाउँको सन्तुलन
४) खुल्ला र भूमिगत कामको तालमेल
५) सशस्त्र कारबाही र शान्तिवार्ताको प्रयोग
६) जनसंघर्ष र ससस्त्र संघर्षको प्रयोग
नेपाली क्रान्तिका उद्देश्यहरु
१) दलाल तथा सामन्तवादी राज्यसत्ताको अन्त्य गर्नु
२) जनवादी राज्यसत्ताको स्थापना गर्नु
३) उत्पीडित वर्ग, जाती, लिंगलाई अधिकार सम्पन्न बनाउनु
४) जनता र राष्ट्रलाई जनवाद, समाजवाद र साम्यवादतिर अग्रसर गराउनु
५) साम्राज्यवादी, विस्तारवादी मुख्यतः भारतीय हस्तक्षेपको विरुद्ध संघर्ष गर्दै स्वाधीन राष्ट्रको निमार्ण गर्नु
क्रान्तिका लागि केही संभावनायुक्त कारणहरु
नेपालमा क्रान्ति संभव छ र छैन भन्ने बहस भइरहँदा हाम्रो पार्टीले संभव छ भन्ने निष्कर्ष निकालेको छ । निष्कर्ष कुनै मनोगत लहड र इच्छाबाट भन्दा पनि खास वस्तुगत र आत्मगत ठोस आधारहरुबाट निकालेको छ । आधारहरु निम्नानुसार छन् ।
१) दलाल पुँजीवादी राज्यसत्ता र जनताबीचको अन्तरविरोध चर्किएर जानु
२) नेपाली जनता र भारतीय विस्तारवादका बीचमा संघर्ष बढ्नु
३) नेपालभित्र दलाल र सामन्तहरु जनता भन्दा कमजोर हुनु
४) क्रान्तिकारी कम्युनिस्ट पार्टी नेकपा (माओवादी ) हुनु
५) श्रमिक जनता र माओवादी पार्टीबीचको एकता बलियो बन्दै जानु
६) जनतासँग अझै पनि जनमुक्ति सेना हुनु
७) जनताहरु आमुल परिवर्तनको पक्षमा रहनु
८) दलाल र सामन्तवादी राज्यसत्ता संकटपूर्ण बन्दै जानु

क्रान्तिका लागि आवश्यकता
क्रान्ति संभव छ परन्तु क्रान्तिका लागि हाम्रो पार्टी, हाम्रा नेता र कार्याकर्ताहरुले निम्न कुराहरुमा ध्यान दिनै पर्दछ।
१) पार्टीको सुदृढ एकता
२) जनता र पार्टीबीचको हार्दिकतापूर्ण सम्वन्ध
३) व्यापक रुपमा जनवर्गीय संगठनको निर्माण
४) युवाहरुको व्यापक संगठन निमार्ण र योजनावद्ध परिचालन
५) पारित योजनाहरुको दृढ कार्यान्वयन
६) राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्वन्धमा कुशल कुटनीति
७) पार्टीले अघिसारेका चार तयारी सम्वन्धी काममा जोड

निष्कर्ष : नेपाली क्रान्ति जनयुद्धका दृष्टिले प्रत्याक्रमणमा छ भने समग्र क्रान्तिका दृष्टिले हेर्दा विद्रोहको चरणमा छ । हामीले विचारक माक्र्स देखि नेपाली क्रान्तिका शिक्षाहरुलाई गहन रुपले आत्मसाथ गर्नुपर्छ । साथै नेपाली क्रान्तिका चुनौतीहरु र संभावनाहरुको सही प्रकारले बोध गर्दै योजनाहरुबाट समाधान दियौ भने नेपालले यो शताव्दीको सर्वहारा सत्ताद्वारा विश्वको सेवा गर्ने अवसर प्राप्त गर्नेे निश्चित छ ।

लेखक नेकपा बहुमतका जिल्ला जाजरकोट डाेल्पा ईन्चार्ज तथा केन्द्रीय सदस्य हुन् ।

तपाईको प्रतिक्रिया