नलगाड बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अखिल क्रान्तिकारीका टेकराज खत्री निर्वाचित

No description available.
जाजरकोट । जिल्लाको नलगाड बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अखिल क्रान्तिकारीका टेकराज खत्री निर्वाचित भएका छन् । सोमबार गरिएको मत गणना अनुसार खत्रीले ८८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी अनेरास्ववियूका नरेश पुनले ५९ मत प्राप्त गरेका थिए ।

यस्तै सचिवमा नेविसंघका जनक ओली निर्वाचित भएका छन् । उनले १०१ मत प्राप्त गरेका थिए । नलगाड बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी र नेविसंघ वीच चुनावी गठबन्धन भएको थियो । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा भएको नलगाड क्याम्पसमा बारेकोट, नलगाडका अधिकांश विद्यार्थीहरु अध्ययनरक्त छन् ।

No description available.
हेर्नुहोस अन्तिम मत परिणाम
गठबन्धनका उम्मेदवार
टेक बहादुर खत्री सभापति ः ८८
जनक ओलि सचिव ः १०१
चेतना जैशी कोषाध्यक्ष ः १०६
बिनोद चन्द सदस्य ः९४
फलेन्द्र बिक सदस्य ः९०
सामाना परियार सदस्य ९०
कृष्ण बहादुर चन्द सदस्य ः९०
भुसन पुन सदस्य ः१०३
अनेरास्ववियु उम्मेदवार
नरेश पुन सभापति ः५९
निराजन शर्मा सचीव ः४५
कल्पना खत्री कोषाध्यक्ष ः३९
लिलाधर शर्मा सदस्य ः ३०
नवीन वलि सदस्य ः५१
कविता बुढा सदस्य ः४२
राजु विष्ट सदस्य ः४४

तपाईको प्रतिक्रिया