
जाजरकाेट । जिल्लामा रहेका तीन वटा क्याम्पस मध्ये दुई वटा क्याम्पसमा स्ववियू निर्वाचन सम्पन्न भएको छ । मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतको भेरी ज्ञानोदय बहुमुखी क्याम्पस खलंगा र त्रिभुवन विश्वविद्यालय मातहतको नलगाड बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचन सम्पन्न भएको हो ।
भेरी ज्ञानोदय बहुमुखी क्याम्पसमा जम्मा २८२ मतदाता रहेकोमा यो समाचार तयार पार्दा सम्म २३८ मत खसेको निर्वाचन अधिकृत भिमेनन्द नाथ योगीले जानकारी दिए ।
यस्तै, नलगाड बहुमुखी क्याम्पसमा १५५ मतदाता रहेकोमा १५४ मत खसेको निर्वाचन अधिकृत प्रमेश्वर शाहीले जानकारी दिए ।

एक फर्जी मत भेटिएको भन्दै नलगाडमा विवाद भईरहेको शाहीले बताए । अवको केही समयमा मत गणना सुरु गरिने उनको भनाई छ । भेरी ज्ञानोदय बहुमुखी क्याम्पसमा भने शान्त तरिकाले मतदान भईरहेको छ ।
पश्चिम छेडागाडमा रहेको जनज्ञानकुञ्ज बहुमुखी क्याम्पसमा भने निर्वाचन हुने सकेको छैन । केही दिन अघि सर्वसम्मत नेतृत्व चयन भएको भनिए पनि केही संगठनहरुले विरोध गरिरहेका छन् ।
















































हाम्रो पहुँच संवाददाता । ५ चैत्र २०७९, आईतवार