नेपाली टाईपिङ प्रतियोगितामा ललिता पुन प्रथम

May be an image of 5 people and people standing
जाजरकोट । प्रथम जिल्ला स्तरीय नेपाली टाईपिङ प्रतियोगितामा भेरी नगरपालिकाकी ललित पुन प्रथम भएकी छन् । मालिका कलेज अफ इन्फरमेशन टेक्नोलोजीले आयोजना गरेको टाईपिङ प्रतियोगिता पुन प्रथम भएकी हुन् ।

उनले १० मिनेटमा २१३ अक्षर लेखेकी थिईन् । यस्तै, दोस्रो स्थान टिका खड्काले हासिल गरेकी छन् । उनले १० मिनेटमा १९१ अक्षर लेखेकी थिईन् । यस्तै, तृतिय स्थानमा बारेकोटका राजेन्द्र केसीले हासिल गरेका छन् । उनले १० मिनेटमा १६५ अक्षर लेखेका थिए । मानव जीवनमा कम्प्युटर शिक्षा आजको आवश्यकता, हरेक विद्यार्थीको प्रयोगात्मक क्षमताको विकास भन्ने विषयलाई केन्द्रविन्दुमा राखी टाईपिङ प्रतियोगिताको आयोजना गरिएको मालिका कलेज अफ इनफरमेशन टेक्नोलोजीका सहायक मेनेजर भावुक वावु रिदमले जानकारी दिए ।

विजेताहरुलाई मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको थियो । भेरी नगरपालिका –०४ वडा अध्यक्ष वसन्त प्रसाद शर्मा, नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष बाल कुमार शर्माको उपस्थिति रहेको थियो । प्रतियोगितामा ३१ जनाको सहभागिता रहेको थियो । जिल्लामा मालिका कलेजले सबैको विश्वास जितेको छ ।

May be an image of 7 people, people sitting and people standing

तपाईको प्रतिक्रिया