जाजरकोट । पूर्व वडा सदस्य भद्रबहादुर शाही सहित एक दर्जनले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिवार भेरी नगरपालिका ४ नं वडा कमिटीको आयोजनामा भएको पार्टी सुदृढीकरण कार्यक्रममा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस बाट वडा सदस्यमा निर्वाचित शाही सहित एक दर्जनले प्रवेश गरेका हुन् ।
पार्टीको विस्तार एवं सुदृढीकरण गर्न माओवादी केन्द्रले दुई महिने अभियान चलाईरहेको छ । सोही क्रममा शनिवार भेरी नगरपालिका ४ नं वडा कमिटीले उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा माओवादी केन्द्र कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ल, नगर ईन्चार्ज ईमाश्वर देवकोटा सहितको उपस्थिति रहेको भेरी नगरपालिका ०४ का वडाध्यक्ष बसन्तप्रसाद शर्माले जानकारी दिए ।
हाम्रो पहुँच संवाददाता । ४ चैत्र २०७९, शनिबार