सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद् र विपद व्यवस्थापन कार्यान्वयन समितिको संयुक्त बैठकले प्रदेशमा नेपाली नागरिकलाई मात्र प्रवेश गर्न दिइने निर्णय गरेको छ।
कर्णाली प्रदेश प्रवेश गर्ने हवाई तथा स्थलमार्गका नाकाहरुमा उच्च सतर्कता अपनाई त्यस्ता नाकाबाट नेपाली नागरिकहरुलाई मात्र प्रवेश गर्न दिने गरी ‘लक’ गर्ने कर्णाली सरकारले निर्णय गरेको हो। विदेशी नागरिकलाई सम्बन्धित जिल्लाका सिडिओको अनुमतिमा मात्र प्रवेश दिइने व्यवस्था गर्ने निर्णय बैठकले गरेको छ।
त्यसरी प्रवेश गर्ने व्यक्तिलाई प्रदेशको क्वारेन्टाइनमा कम्तीमा १४ दिन अनिवार्य राख्ने व्यवस्था मिलाइने छ।
















































। ८ चैत्र २०७६, शनिबार