सान्तीचौतारा,जाजरकोट
जाजरकोट ,भेरी नगरपालिका-४ सान्तिचौतारा स्थित बसपार्क स्थित अस्थायी कोरोना भाइरसलाई लक्षित गरि स्वास्थ सहायता कक्ष खडा गरिएको छ। जाजरकोट अस्पताल ,नेपाल आर्मी र भेरी नगरपालिकाको सहजीकरणमा कोरोना चेकजाँच पोस्ट स्थापना गरिएको छ ।विभिन्न ठाउँबाट आउने यात्रीलाई लक्ष्यित गरि अस्थायी चेकजाँच पोस्ट स्थापना गरिएको हो। यात्रीहरुको जरो मापन ,रुघाखोकी चेकजाँच तथा चाप र ताप मापन गरि आवस्यक सल्लाह र सुजाब दिइने गरेको सामुदायिक स्वास्थ निरीक्षक सम्राट रेग्मीले जानकारी दिनुभयो। अहिले सम्म ५० भन्दा बढी यात्रीलाई चेकजाच गरिएको छ । यात्राको क्रममा यात्रीहरुलाई मास्क अनिवार्य रुपमा लगाएर हिंड्न् चिकित्सकले सुझाब दिएका छन।अहिले सम्ममा कुनैपनी कोरोना भाइरस लक्षण देखिएका यात्री फेला परेका छैनन्् भन्दै नेपाल सेनाका स्वास्थ कर्मी सेनानी भुवन बहादुर थापाले जानकारी दिनुभयो। जिल्ला अस्पतालमा मास्क र जरो मापन यन्त्र इन्फ्रारेट थरमोमिटरका लागि प्रदेस सरकार र केन्द्रिय सरकारसङ्ग माग गरेको जिल्ला अस्पताल जाजरकोटका अध्यक्ष धनसिला बस्नेत ज्युले जानकारी दिनु भयो। भेरि नगरपालिकाको स्वास्थ साखाबाट खटिएका स्वास्थ कर्मिले यात्रीहरुलाइ साबुन पानी र सेनिटाईजरले अनिवार्य रुपमा हात सफा गरि मास्क लगाइ यात्रा गराउने गरेको छ ।
भेरी नगरपालिका द्वारा कोरोना नियन्त्रण गर्न स्वास्थ सहायता कक्ष स्थापना।
ज्वालादल गण र भेरी नगरपालिकालद्वारा कोरोना भाइरस रोकथामका लागि स्वास्थ शहायता कक्ष स्थापना।
तपाईको प्रतिक्रिया
















































। ८ चैत्र २०७६, शनिबार