
जाजरकोट । दलित सेवा संघ शाखा जाजरकोटको पाँचौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । आइतबार जिल्ला सदमुकाम स्थित सनराईज कटेजमा दतिल सेवा संघ शाखा जाजरकोटका अध्यक्ष जीतबहादुर सुनारको अध्यक्षता र दतिल सेवा संघ केन्द्रीय कार्यालयको सह—अध्यक्ष भुमि विकको प्रमुख अतिथिमा सम्पन्न भएको हो । उक्त अधिवेशन बाट अध्यक्षमा पुनःजीतबहादुर सुनार सर्वसहमत चयन भएका छन् । सुनारको अध्यक्षतामा ,उपाध्यक्षमा पार्वती नेपाली,कोषध्यक्षमा रति विक,सचिवमा कर्ण बहादुर सुनार,सह—सचिवमा सर्जन विक लगायतको ११ सदस्यीय समिति सर्वसहमत चयन भएको निर्वाचन समितिका संयोजक जगत सुनारले बताए ।
दलित सेवा संघ शाखा जाजरकोटको यो समिति आगमी दिनमा दलित समुदायको हक हितका लागि योजना बद्ध रुपमा अगाडी बढ्ने अध्यक्ष सुनारले बताए । उनले भने ‘आगमी दिनहरुमा हामी विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुसंग सहकार्य गरि दलित समुदायको लागि विशेष पहल गर्ने छौं ।’
















































। २६ मंसिर २०७९, सोमबार