
जाजरकोट । प्रहरीद्धारा अवैध मदिरा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटको मातहात इलका प्रहरी कार्यालय अर्छानीबाट खटिएको प्रहरी टोलीले कुशे गाउँपालिका ३ थलह देखि टालेगाउँ जानेबाटोमा कर्णाली डायमण्ड नामक मदिरा नष्ट गरेको हो ।
स्थानीय बजार गस्तीमा जाने क्रममा सोही क्षेत्रमा वेवारिसे अवस्थामा फेला परेको १४ पेटी मदिरा रीतपुर्वक बरामद गरी मिति २०७९।०८।२१ गते स्थानिय जनप्रतिनिधि,समाजसेवी,पत्रकार तथा बुद्धिजिविहरुको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
















































। २१ मंसिर २०७९, बुधबार