निर्वाचनमा पराजयको समीक्षा गर्दै लोसपा

जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टीले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको समीक्षा सुरु गरेको छ। लोसपाले धनुषा क्षेत्र नम्बर ३ मा भएको पराजयबारे पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थितिमा समीक्षा सुरु गरेको हो।

२०७४ को निर्वाचनमा धनुषा–३ बाट नेता महतोले चुनाव जितेका थिए। यो पटको चुनावमा महतोले यो क्षेत्र पार्टीका कार्यकारिणी सदस्य अनिलकुमार झालाई छाडेर सर्लाही–२ बाट चुनाव लडेका थिए। तर दुवैजना पराजित भए।

महतोलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले पराजित गरे। नेता झालाई एमालेकी जुली महतोले हराइन्। लोसपाका नेता मनोज चौधरीले सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका नेता झा कसरी पराजित भए भन्नेबारेमा समीक्षा भइरहेको बताए।

तपाईको प्रतिक्रिया