नमूना विद्यालय : कमाउँदै पढाउँदै

कालीकोट, जिल्लाको तिलागुफा नगरपालिका–३ फोइमहादेवको महादेव माध्यमिक विद्यालय जिल्लाको नमूना विद्यालयका रुपमा परिचित छ । विद्यालयको आफ्नै स्याउ बगैंचा, प्रशस्तै जग्गा रहेको प्राविधिक शिक्षा पढाई हुने महादेव माध्यमिक विद्यालय जिल्लाकै नमूना विद्यालय हो ।

कक्षा ११ र १२ मा विज्ञान, वाणिज्य तथा शिक्षा संकाय र सिटिइभिटीको १८ महिने कृषि जेटिए र तीन वर्षे प्लान्ट साइन्स अध्यापन गराउँदै आएको महादेव माध्यमिक विद्यालय जिल्लाको नमूना तथा आर्थिक हिसाबले पनि सवल विद्यालयका रुपमा परिचित रहेको छ । विद्यालयमा २० जनाका शिक्षक कर्मचारीको दरवन्दी भए पनि विद्यालयमा ३५ जना शिक्षक तथा कर्मचारी रहेको विद्यालयका प्रधानाध्यापक नरदीप शाहीले बताए । ‘विद्यालयमा ३५ जना शिक्षक तथा कर्मचारी रहेको छन् ।’ उनले भने,‘१५ जना शिक्षक तथा कर्मचारीलाई निजी स्रोतबाट व्यवस्था गरेका छौं ।’

विद्यालयले स्याँउ, घाँस बेच्छ विद्यालयको करिब ३ हेक्टर जमिनमा स्याउको बगंैचा बनाइएको छ । स्याउ र घास बेचेर वार्षिक १ लाखसम्म आम्दानी विद्यालय गर्ने गरेको छ । विद्यालयमा स्याउ बगैंचा र स्याउबाट जाम बनाउने गरिएको र वर्षेनी घाँस बेचेर थप ४०÷४५ हजार आम्दानी गरेको शिक्षक नवीन हमालले बताए ।

‘हामीले स्याउँ तथा घाँस बेचेर पैसा कमाउने गरेका छौं ।’ उनले भने, ‘हामीले बगंैचा हेरचाह र बगंैचा विद्यालयका शिक्षक र विद्यार्थीबाट हुने गरेको छ ।’ विद्यालयका नाम रहेको खेतीयोग्य जमिन भाडा स्थानीय दिएको र स्थानीयले त्यो जमिनमा आलु र खाद्यबाली उत्पादन गर्ने गरेको शिक्षक हमालले बताए । ‘स्थानीय आलु, सिमी खेती अन्य खाद्य बाली रोप्ने गरेका छन् ।’ उनले भने, ‘जमिनको भाडा पनि वार्षिक एक लाखसम्म आउँछ ।’ विद्यालय हाताभित्र बोजो रोपिएको त्यसबाट विद्यालय आम्दानी हुने गरेको शिक्षक हमालले बताए ।

हिमालका विद्यार्थी सहज

महादेव माध्यमिक विद्यालयमा कृषि प्राविधिकतर्फको १८ महिने कार्यक्रममा दैलेख, कालीकोट, जुम्ला, हुम्ला, डोल्पाका विद्यार्थीले शिक्षा लिइरहेका र तीन वर्षे कृषि जेटिएमा जुम्ला र कालिकोटका विद्यार्थी बढी रहेको प्रधानाध्यापक नरदीप शाहीले बताए । ‘हिमाली जिल्लाका विद्यार्थी प्राविधिक शिक्षामा आक्रर्षण निकै रहेको छ ।’ उनले भने, ‘यी जिल्लाबाहेक केही विद्यार्थी हुम्ला र मुगुबाट प्राविधिक शिक्षामा पढ्न आएका छन् ।’

विद्यालयको आफ्नै होस्टेल

विद्यालयमा प्राविधिक शिक्षा पढ्न आउनेलाई विद्यालयको आफ्नै होस्टेलमा राख्ने गरिएको छ । विद्यालयमा पढ्न आउनका लागि होस्टेल निःशुल्क व्यवस्था गरिएको छात्रवृत्ति दिएर १८ महिने जेटीए पढिरहेकी जुम्ला तिला गाउँपालिका पोख्रीकी सरिताकुमारी रोकाया बताइन् । ‘होस्टेल घरजस्तो छ । शिक्षक अभिभावक जस्ता ।’ उनले भनिन्, ‘होस्टेलमा निशुल्क बस्ने
व्यवस्था छ ।’
२४ घण्टा विद्यालयमा हुन्छन् हेडसर

प्रधानाध्यक नरदीप शाही विद्यार्थीसँगै विद्यालयमा होस्टेलमा बस्ने गरेका छन् । उनी विद्यालयमा २४ घण्टा भेटिने गर्छन् । काम विशेषले बाहिर गए मात्र नत्र भने हेड सर २४
घण्टा विद्यालयमा भेटिने गरेको तिलागुफा नगरपालिका–३ का वडा अध्यक्ष सूर्यबहादुर शाहीले बताए । ‘हेडसर सधै विद्यालयमा भेटिनुहुन्छ ।’ उनले भने, ‘विद्यालयमा काम विशेष बाहिर गए मात्र विद्यालयमा हेडसर भेट्न सकिन्न ।’ हेडसर कै मेहेनतले विद्यालय राम्रो हुन सकेको वडा अध्यक्ष शाहीले बताए । ‘विद्यालयमा यो अवस्था आउनुमा हेड सरको प्रमुख भूमिका छ ।’ उनले भने ‘उहाँकै कारणले यो विद्यालयको मुहार फेरिएको छ ।’

तपाईको प्रतिक्रिया