Breaking : जाजरकोट प्रदेश (ख) मा नेपाली काँग्रेसका राजीव शाह निर्वाचित


जाजरकोट । जाजरकोट प्रदेश सभा (ख) मा नेपाली काँग्रेसका राजीव विक्रम शाह भारी मतान्तरले विजयी भएका छन् । बुधबार विहान गरिएको अन्तिम मतगणना अनुसार शाहले १६ हजार ४० मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका खीमबहादुर शाहीले १० हजार ५ सय ३० मत प्राप्त गरेका थिए । उनीहरु वीच ५ हजार ५१० मतान्तरको फरक छ ।

शाह विशेषतः प्रतिनिधि सभामा अन्तिम पटक चुनाव लड्न चाहेका थिए । तर सत्तारुढ दलहरुभित्र जाजरकोट शक्ति बस्नेतका लागि छोड्नुपर्ने वाध्यता भएपछि प्रदेशमा झरेका हुन् । शाह ०७४ मा माओवादी नेता शक्ति बस्नेतसँग पराजित भएका थिए । शाह यसअघि दोस्रो संविधान सभा सदस्यमा निर्वाचित भएर एक पटक संसदको अनुभव बटुलिसकेका नेता हुन् । शाह निर्वाचित भएको (ख)मा ४६ हजार ४९४ मतदाता रहेकोमा २९ हजार २६ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया