रुकुम पूर्व प्रदेशसभा (क) मा स्वतन्त्रबाट सुरुल पुन विजयी


रुकुम पूर्व : जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नम्बर (क) मा स्वतन्त्रबाट सुरुल पुनमगर (अजयशक्ति) विजयी भएका छन।
उनले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका तेजबहादुर ओलीलाई ५३३ मतान्तरले पछि पार्दै ४ हजार ४ सय ६५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी ओलीले ३ हजार ९ सय ३२ मत प्राप्त गरेका थिए।

पुनको चुनाव चिह्न बिजुलिको चिम (बल्ब) रहेको थियो भने ओलीको चुनाव चिह्न हँसिया हथौडा रहेको थियो।

विजयी बनेका पुन नेकपा माओवादी केन्द्रका निवर्तमान लुम्बिनी प्रदेश कमिटी सदस्य पनि हुन उनले पार्टीबाट बिद्रोह गरी स्वतन्त्र उम्मेदवार दिएका थिए।

उनको पक्षमा नेकपा माओवादी केन्द्रका निवर्तमान लुम्बिनी प्रदेश कार्यालय तथा सदस्य भूमे गाउँपालिकाका निवर्तमान अध्यक्ष रामसुर बुढामगर (बिरता) लगाएतका नेताहरूको समर्थन रहेको थियो।

पुनले (क) नम्बर क्षेत्रमा नेकपा एमालेका उम्मेदवार तेजेन्द्र बुढामगर (तेजिलो) ले समेत निष्कृय हुने सहमति गरेका थिए।

सुरुल पुनमगर (अजयशक्ति) माओवादीआन्दोलनका बेला जनमुक्ति सेनाको कमान्डरको भूमिका समेत निर्वाह गरि लामो समयसम्म माओवादीको राजनीतिमा सक्रिय रहेको पृष्ठभूमि पाउन सकिन्छ।

तपाईको प्रतिक्रिया