चुनावविरोधी गतिविधि गर्ने ७ जना महोत्तरीमा पक्राउ

 

जनकपुरधाम ः महोत्तरी प्रहरीले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विरोधी गतिविधि गर्ने ७ जनालाई पक्राउ गरेको छ। ​निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका ७ जना नेता कार्यकर्ता पक्राउ परेका हुन्।

महोत्तरीको बलवा नगरपालिका वडा नम्बर–७ बनौटा टोलबाट वैद्य माओवादी पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र यादव, राजेश्वर यादव र ज १ च ११७१ नम्बरको टाटासुमोका चालकसहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए।

उनीहरूका साथबाट चुनावविरोधी पर्चा तथा माइकिङ सामग्री बरामद गरिएको एसपी पंगेनीले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया