
जाजरकोट । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी जाजरकोट शाखाले मृत्यु दावीको १४ लाख रुपैयाँ भुक्तानी गरेको छ । वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका रुकुम पश्चिम चौरजहारी नगरपालिका ११ का दिलबहादुर नेपालीको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो ।
एक कार्यक्रमको आयोजना गरी मृतक नेपालीकी श्रीमति तुल्सी नेपालीलाई मृत्यु दावीको १४ लाख रुपैयाँ हस्तान्तरण गरिएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी जाजरकोट शाखाका प्रमुख गोविन्द्र बुढाले जानकारी दिए । भेरी नगरपालिका ४ का वडाध्यक्ष बसन्त प्रसाद शर्माको प्रमुख अतिथ्यतामा सम्पन हस्तान्तरण कार्यक्रममा १४ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको बुढाले बताए ।

कार्यक्रममा सहभागी अथिति राष्ट्रिय सहकारी बोर्डकी सदस्य धर्मशिला बस्नेतले जीवन बिमाले परिवारमा खट्किएको संकट्को घडीमा आर्थिक सहायता प्रदान गर्ने र परिवारको जीविकोपार्जनमा थप सहायता प्रदान गर्ने भएकोले सबै पेशा व्यवसायमा सम्बद्ध व्यक्तिहरुले बिमा गर्नु जरुरी रहको बताईन् ।
कार्यक्रममा बोल्दै सिटिजन लाइफ इन्स्योरेन्स जाजरकोट शाखाका एजेन्सी मेनेजर लोकप्रसाद गौतमले बिमाको पहुँच दुरदराजका बस्तीहरुमा पनि पर्याउनुपर्ने कुरामा जोड दिए । मृतककी श्रीमती तुल्सी नेपालीले बिमा कम्पनीबाट भुक्तानी भएको रकमले आफना नावालक ४ छोराछोरीको पढाई लेखाइ गर्न सहज हुने र उनीहरुको उज्वल भविष्यको लागि नयाँ ढोका खुलेको कुरा व्यक्त गरिन् ।

शाखा कार्यालय जाजरकोटमा आयोजित कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुखहरु,अभिकर्ताहरु, कम्पनीमा कार्यरत एजेन्सी म्यानेजरहरु लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।
















































। १७ कार्तिक २०७९, बिहीबार