राहत लिएर शाही पुगिन् लक्ष्मीको घर, ‘आफु आँखा देख्दिन्, छोराछोरीलाई कसरी पालु’

No description available.
भीमबहादुर खड्का
रावतगाउँ । भेरी नगरपालिका–१ रावतगाउँकी ४० बर्षिया लक्ष्मी विकलाई यतिवेला विहान बेलुका के खाने भन्ने पिरलो छ । छाक टार्नकै लागि हारगुहार गरिरहेकी उनी दुई छोरा र दुई छोरीलाई कसरी पाल्ने भन्ने चिन्तामा छन् ।

श्रीमान दल बहादुर विक पैसा कमाउने आसमा भारत गएका बेला पाचँ महिना अघि भारतको सिम्ला भन्ने ठाउँमा मृत्यु भएको थियो । श्रीमानको मृत्युपछि लक्ष्मीले आँखा गुमाईन् छन् । आँखाको ज्योति गुमेपछि उनलाई जीवन धान्न झनै मुस्किल भएको छ ।

उनीहरुलाई अहिले दैनिक गुजरा चलाउन निकै मुस्लिक छ । अहिले उनी छोराछोरीको साहारामा भित्र बाहिर गर्छिन् । श्रीमानको मृत्यु भैइसक्यो, उनी भन्छिन, ‘चार जना छोराछोरी कसरी पाल्ने, खाने एक मुठी अन्न छैन, बाहिर भित्रपनि अर्काले गराउनु पर्छ ।’

No description available.

यसैवीच कुशेगाउँपालिका ४ तम्तीकी सुप्रिया शाहीले विहीवार घरमै पुगेर ५० किलो चामल एउटा सवल र डस्न दिएकी छन् । लक्ष्मीको समस्या बारे जानकारी पाएपछि घरमै पुगेर चामल, डस्न र सवल सहयोग गरेको उनले बताईन् । उनले भनिन्, ‘दुःख पीडामा भएकालाई सहयोग गर्नु हाम्रो धर्म हो ।

हामी तपाईलाई थप सहयोग गर्छौ, चिन्ता नगर्नूहोस् ।’ यसैवीच शाही सँगै राहत लिएर लक्ष्मीको घर पुगेका पत्रकार प्रेम विकले उनको छोरालाई निःशुल्क पढाउने व्यवस्था गरेर थप राहतको लागि पनि पहल गर्ने प्रतिवद्धता गरेका छन् ।

तपाईको प्रतिक्रिया