सामुदायिक रेडियो नलगाड एफएम उद्घाटन

जाजरकोट । सामुदायिक रेडियो नलगाड एफएमको औपचारिक उद्घाटन भएको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरेर मंगलबार रेडियोको औपचारिक रुपमा उद्घाटन गरिएको हो ।

नलगाड नगरपालिका–४ खानटाकुरामा रहेको सामुदायिक रेडियो नलगाड एफएमको औपचारिक रुपमा उद्घाटन जिल्ला समन्वय समितिका संयोजक काली बहादुर खत्रीले गरेका थिए । २ हजार वाट प्रसारण क्षमता भएको सामुदायिक रेडियो नलगाड एफएम कर्णाली प्रदेशकै उच्च प्रसारण क्षमताको रेडियो हो ।

जनादेश संचार केन्द्रद्धारा संचालित सामुदायिक रेडियो नलगाड एफएमको औपचारिक उद्घाटन कार्यक्रम जिल्ला समन्वय समिति जाजरकोटका संयोजक काली बहादुर खत्री, नलगाड नगरपालिकाका प्रमुख डम्बर बहादुर रावत, बारेकोट गाउँपालिकाका अध्यक्ष बीर बहादुर गिरी, जिल्ला प्रहरी प्रमुख सन्तोष निरौला, नेकपा एमालेका केन्द्रिय सदस्य डम्बर बहादुर सिंह, नेपाली काँग्रेस जाजरकोटका सभापति बेदराज सिंह, नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका उपाध्यक्ष ढकवीर राना, नलगाड नगरपालिकाका पूर्वप्रमुख टेक बहादुर रावत, वडा अध्यक्ष बद्री पन्त लगाएतले शुभ कामना मन्तव्य राखेका थिए ।

९६.९ मेगाहर्ज नलगाड एफएम आवाज विहिनहरुको आवाज बन्ने जनादेश संचार केन्द्रका अध्यक्ष लोकेन्द्र विक्रम शाहीले भनाई राखेका थिए । उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले सामुदायिक रेडियो नलगाड एफएम सबैको साँझा आवज बनाउनुको साथै रेडियोले निर्वाचन आचारसंहिताको पालना गर्नुपर्ने भनाई राखेका थिए ।

तपाईको प्रतिक्रिया