सल्यानमा जीप दुर्घटना हुदा एकै घरका ६ जना सहित ८ जनाको मृत्यु


सल्यान । सल्यानको कपुरकोट गाउँपालिका –३ वनस्पती नजिकै जीप दुर्घटनामा एउटै घर सन्तानका ६ जना सहित ८ जनाको मृत्यु भएको छ । कपुरकोट गाउँपालिका–६ सिनबाङ निबासी धर्म वली, बसन्त वली, कुमारी वली, टोपबहादुर वली, ललित वली, खुमलाल वली, चालक जीत बहादुर बोहरा, र सुरेश खत्री रहेको घटनास्थलमा रहनु भएका कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिनुभयो ।

त्यसैगरी सोही घटनामा परेर घाइेत हुनुभएका सोही ठाउँका तिलक वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ ।

बाँकेको ढकेरीमा बिहेको कार्यक्रम सकेर सल्यानको कपुरकोट गाउँपालिका–६ फर्किदै गरेको रा१ज ५६३ नम्बरको डबल क्याप जीप दुर्घटनामा परेको थियो । घटना राति करिब २ बजे भएको थियो । घुमित र चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । जीपदेखि करिब डेढ सय मिटर तल खसेको छ ।

तपाईको प्रतिक्रिया