स्वास्थ्य समिक्षा : कर्णालीमै पहिलो जाजरकोट

जाजरकोट । सेवा प्रवाहमा सबैलाई उछिन्दै जाजरकोट कर्णालीकै एक नम्बरमा आएको छ । कर्णाली प्रदेशका १० वटै जिल्लाको समिक्षाबाट जाजरकोट ६४.४ प्रतिशत अकं ल्याएर पहिलो भएको हो ।

३१ वटा सूचक माथि गरिएको अध्ययनबाट जाजरकोटको स्वास्थ्य सेवा कार्यालय कर्णालीकै पहिलो भएको छ । सेवा प्रवाह, भौतिक प्रगति, बार्षिक प्रतिवेदन, विरुजु फस्यौट, सहभागिता समन्वय, राष्ट्रिय योजना आयोगको अनुसूची २ नव प्रर्वद्धनात्मक कार्यहरु सूचकमा समेटिएको थियो ।

यस्तै, कार्यालय प्रमुखको प्रस्तुति, जिल्ला स्तरमा समिक्षा व्यवस्थापन, जिल्लाको समग्र प्रदेशको प्रस्तुति ( ज्ञालोरी प्रस्तुति) र भौगोलिक अवस्था आदिलाई आधार मानेर मुल्यांकन गरिएको थियो । यस्तै, दोस्रोमा कालिकोट, तेस्रोमा सुर्खेत, चौथोमा सल्यान, पाँचौमा मुगु, छैठौमा दैलेख, सातौमा रुकुम पश्चिम र आठौंमा जुम्ला, नौंमा हुम्ला र दशौंमा डोल्पा रहेको छ ।

आर्थिक बर्ष २०७७÷७८ मा नौं स्थान आएको थियो । आर्थिक वर्ष २०७८÷७९ मा उल्लेख्य मात्रामा प्रगति गर्दै एक नम्बरमा आउन सफल भएको छ । जाजरकोटमा पालिका स्तरमा बारेकोट पहिलो र नलगाड दोस्रोमा नलगाड नगरपालिका आएका थिए ।

तपाईको प्रतिक्रिया