दशैंका अवसरमा त्रिभुवन मावि खलंगाद्धारा शिक्षक विद्यार्थी वीचमा शुभकामना आदान प्रदान

No description available.

जाजरकोट । नेपालीहरुको महान चाड वडा दशैं, तिहारको अवसररमा यहाँको एक विद्यालयले शिक्षक र विद्यार्थीहरुका विचमा शुभकामना आदानप्रदान कार्याक्रम आयोजना गरेको छ ।जिल्लाको सवै भन्दा पुरानो र ठुलो विद्यालय त्रिभुवन माद्यमिक विद्यालय खलंगाले दशैंतिहारको अवसरमा आइतवार विशेष शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो । विद्यालयको सभाहलमा आयोजना गरिएको कार्यक्रममा तीन सय वढी विद्यार्थी तथा शिक्षक कर्मचारीहरुको सहभागिता रहेको थियो ।

विभिन्न सांगितिक प्रस्तुतीहरु सहित आयोजना गरिएको उक्त शुभकामना आदान प्रदान कार्यक्रममा विद्यालयका सम्पुर्ण विद्यार्थीहरुलाइ विद्यालयको तर्फवाट रातो टिका लगाएर प्रधानाध्यापक भक्तवहादुर मल्ल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदारवहादुर शाहले शुभकामना दिए ।कार्यक्रमका अवसरमा विभिन्न कक्षाका विद्यार्थीहरुले दशैं तिहार संग सम्वन्धित गीतहरुका आफना विभिन्न नृत्यहरु प्रस्तुत गर्नुका साथै विभिन्न गीतहरु पनि गाएका थिए ।

यस्तै उक्त शुभकामना आदानप्रदान कार्यक्रममा शिक्षक शिक्षिकाहरुले पनि नाँच प्रस्तुत गरेका थिए । शुभकामना आदान प्रदान कार्यक्रममा शिक्षक प्रवेश आरसीले स्वागत मन्तव्य दिएका थिए भने प्रधानाध्यापक भक्तवहादुर मल्लले कार्यक्रमको अध्यक्षता गरेका थिए ।

कार्यक्रममा वोल्दै सहायक प्रधानाध्यापक जनक केसीले विद्यालय र शिक्षकहरुले दिएको ज्ञान सधैं सदुपयोग गर्ने सतवुद्धि जागोस भन्दै विद्यार्थीहरुलाइ शुभकामना दिएका थिए । कहिलै नहार्ने, कहिलै कम्जोर नहुने अनि कहिलै गलत वाटो हिड्ने दिन विद्यार्थीहरुको जीवनमा नआओस् केसीले शुभकामना दिदै भने । यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदारवहादुर शाहले विद्यालयले शुभकामना आदानप्रदान कार्यक्रम गरेर विद्यार्थी र विद्यालयका विचमा सुमधुर सम्वन्ध कायम गर्ने काम गरेको वताए । विद्यालयले राम्रो परम्पराको रुपमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने कामको सुरुवात गरेको अध्यक्ष शाहले वताए ।

No description available.

विद्यार्थी र विद्यालयको विचमा सुमधुर सम्वन्ध भएर अनुशासित विद्यार्थी जिम्मेवार विद्यालय निर्माणमा सवैलाइ प्रेरण मिलोस, अध्यक्ष शाहले शुभकामना मन्तव्य दिदै भने । यस्तै विद्यालयका प्रधानाध्यापक भक्तवहादुर मल्लले विद्यार्थीहरुको सुस्वास्थ्यका साथै पढाइको सफलताको कामना गर्दै शुभकामना दिए ।प्रधानाध्यापक मल्लले चाडपर्वलाइ सृजनात्मक एवम सकरात्मक रुपले मनाउने सन्देश सवै विद्यार्थीहरुमा प्रवाह गर्न विद्यालयका तर्फवाट शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको वताए ।

No description available.

कार्यक्रमहरुमा शिक्षक विद्यार्थी र कर्मचारी तथा केहि अभिभावकहरुको उत्साहपुर्ण सहभागिता रहेको थियो । विद्यालयले पहिलो त्रैमासिक परीक्षा भदौ २९ गते देखि आइतवार अर्थात ९ गते सम्म सन्चालन गरेर घटस्थापनाको अघिल्लो दिन शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।

तपाईको प्रतिक्रिया