पश्चिम जाजरकोटमा बजार अनुगमन,पाँच लाख मुल्य बराबरको खाद्यवस्तु नष्ट

No description available.

भुपेन्द्र नेपाली
जाजरकोट । पश्चिमी क्षेत्रका ठूला बजारहरुको अनुगमन गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटको संयोजत्वमा पश्चिमी क्षेत्रका मोर्क, छेडा, थलह र खारा बजारको अनुगमन गरिएको छ। स्थानीय प्रशासन, स्वास्थ्य सेवा कार्यालय, जिल्ला प्रहरी कार्यालय, कृषि विकास कार्यालय, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, पशु सेवा कार्यालय,कोष तथा लेखा नियन्त्रण कार्यालय र उपभोक्ता हक हित संरक्षण समितिले संयुक्त रुपमा बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा उपभोग्य मिति सकिएका खाद्य वस्तु नष्ट गरिएको छ ।

No description available.
शिवालय गाउँपालिका र छेडागाड नगरपालिका विभिन्न स्थानमा रहेका बजारको अनुगमनका क्रममा म्याद गुज्रिएका करिब ५ लाख मूल्य बराबरको खाद्य वस्तु नियन्त्रणमा लिई नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटका खरिदार नविन सिंहले जानकारी दिए । नागरिकको खाद्य सुरक्षामा टेवा पु¥याउनका लागि बजार अनुगमन गरिएको सिंहले बताए । अनुगमनका क्रममा पसल दर्ता, नवीकरण गरेको वा नगरेका, मुल्युसूची राखे÷नराखेको लगायतका कुराहरुलाई समेटि बजार अनुगमन गरिएको छ ।

No description available.

नेपालीहरुका महान चाडपर्वहरु नजिकिदै गरेको अवस्थामा उपभोक्ताहरु निकै ठगिने, म्याद नाघेका सम्मानको विक्री वितरण गर्ने, आफु खुशी मुल्यसूची राख्ने लगायतका उपभोक्ता बाट गुनासो आउन थालेपछि संयूक्त रुपमा बजार अनुगमन गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटका अधिकृत महेन्द्र भडेलले जानकारी दिए । उनका अनुसार जाजरकोटका पश्चिमी क्षेत्रका बजारका ५५ भन्दा बढी पसलहरुको अनुगमन गरिएको छ । मासको दाल ८ सय १० केजी, जिरा २० केजी ५ सय ग्राम, वेसार ११ प्याकेट, ललिपप मिठाई ४३ डिब्बा, चोको पाई ५७ प्याकेट र ९ डिब्बा चुईगम बरामद गरी नष्ट गरिएको छ ।

No description available.

अनुगमन गरिएका बजारहरुमा अवैध रुपमा मदिरा तथा सुर्तिजन्य पदार्थ विक्री गरेको पाईएको छ । कानुन बमोजिम ईजाजत नलिईको तर मदिरा तथा सुर्तिजन्य पदार्थ विक्री विरतरण गरेका पसलहरुलाई तत्तकाल कानुनी पक्रियामा जान आग्रह गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय जाजरकोटका सह लेखापाल गोविन्द गिरीले बताए ।

बजार अनुगमन किन ?
ऐनको दफा ३०, ३१ र ३२ ले बजार अनुगमन किन गर्ने भन्ने व्याख्या गरेको छ । कसैले अनुचित व्यापारिक क्रियाकलाप, बजारमा एकाधिकार, वस्तु वा सेवाको मूल्य वा आपूर्ति व्यवस्थालाई प्रभावित पार्ने काम, कमसल वस्तुको उत्पादन वा बिक्री वितरण गरिरहेको जस्तो अवस्था पाईने अनुगमन जरुरी हुने ऐनमा उल्लेख छ ।

ऐनअनुसार बजार निगरानी गर्ने निकाय मार्फत सूचना आएमा मन्त्रालय वा विभागले सो सम्बन्धमा तत्काल आवश्यक जाँचबुझ वा निरीक्षण गर्न गराउन सक्छन् । उपदफा ३ ले जाँचबुझ वा निरीक्षणबाट दोषी देखिएका उत्पादक, डिलर, एजेण्ट, बिक्रेता, व्यक्ति वा संस्थालाई यस ऐन वा प्रचलित कानून बमोजिम कारबाही गर्ने व्यवस्था गरेको छ । यस्तै दफा ३१ ले आकस्मिक निरीक्षण गर्न सक्ने व्यवस्थामा उपभोक्ताको हक, हित संरक्षणका लागि बजारको आकस्मिक निरीक्षण गर्न सक्ने उल्लेख गरेको छ । ऐनको परिच्छेद ४ ले निषेधित कामहरु भने व्यवसायी वा व्यापारीले के गर्न हुँदैन भन्ने उल्लेख गरेको छ । ऐनले निषेधित गरेको काम गरे अनुगमनमार्फत जुनसुकै बेला कारबाही गर्न सकिने उल्लेख छ ।

तपाईको प्रतिक्रिया