सडक र सदन वीचको किचलो निरन्तर…

भुपेन्द्र नेपाली


नेपालको इतिहासको सुरुवात देखि नै राज्य व्यवस्थाको पक्ष तथा विपक्षमा पटक—पटक आन्दोलन भएका थिए । अहिले पनि हुँदैछन् र भोली पनि निरन्तर भरिरहन्छन् । राज्य व्यवस्था परिवर्तन, शासक बर्गको अन्त्य तथा आफ्नो अधिकार प्राप्तिका लागि विभिन्न आन्दोलनहरुमा नेपाली जनताले सक्रिय रुपमा सहभागी जनाए । जसका उदारणका रुपमा २०४६ सालको प्रथम जनआन्दोलन, १० बर्षीय जनयुद्ध, २०६३ सालको दोस्रो जनआन्दोलन रहेका छन् ।

प्रथम जनआन्दोलन २०४६
वि.सं.२०४६ सालको जनआन्दोलन बहुदलीय व्यवस्थाको लागि भएको शान्तिपूर्ण आन्दोलन थियो । जसले नेपालमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गरी संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्थाको सुरुवात गरेको थियो । यो आन्दोलन ५० दिनसम्म निरन्तर चलेको थियो । यसलाई नेपालको पहिलो जनआन्दोलन पनि भनिन्छ ।

दश बर्षीय जनयुद्ध
दश बर्षीय जनयुद्ध वि.सं. २०५२ सालमा सुरु भएको थियो । नेकपा माओवादीले नेतृत्व गरेको यो सशस्त्र जनयुद्ध थियो । यस जनयुद्धमा १७ हजार भन्दाबढीले ज्यान गुमाएका थिए । २०५२ साल बाट सुरु भएको जनयूद्ध २०६२ सालमा गएर शान्ति प्रक्रियामा पुगेको थियो । त्यही जनयूद्धमा बलमा आज हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था पाएका छौं ।

दोस्रो जनआन्दोलन २०६३
२०६३ सालमा भएको १९ दिने आन्दोलन दोस्रो जनआन्दोलन थियो । आन्दोलनमा विभिन्न राजनीतिक दल र शसस्त्र युद्ध गरिरहेको माओवादीको सम्मिलितमा भएकोे यस जनआन्दोलनले २ सय ३७ बर्ष पुरानो राजतन्त्रलाई ढालेर देशमा लोकतान्त्रिक गणतन्त्रको जग बसालेको थियो ।

२०४६ सालको प्रथम जनआन्दोलन, २०५२ सालमा सुरु भएको १० बर्षीय जनयुद्ध र २०६३ सालको दोस्रो जनआन्दोलनलाई नेपालमा भएको परिवर्तनका प्रमुख आधार मानिन्छ । यी र यस्तै थुप्रै आन्दोलनहरुमा नेपाली जनताले सक्रिय सहभागी जनाएका छन् ।

नेपाली जनताले राष्ट्रका लागि प्रत्येक्ष तथा अप्रत्येक्ष रुपमा आफ्नो बलिदान दिई रहेका छन् । सदनमा रहेकालाई सडकमा ल्याएर सडकमा रहेकालाई सदनमा सम्म पु¥याएका छन् ।

हिजो सरकारका विरुद्धमा सडकबाट जनतालाई साथमा लिएर आन्दोलन गर्ने नेतृत्वहरु आज सरकारमा पुगेका छन् । सडकबाट आन्दोलनका नेतृत्व गरेका राजनीतिक दल तथा व्यक्तिहरुले नै आज सरकार गरिरहेका छन् । आन्दोलन क्रममा जनताले नेतृत्व प्रति गरेका अपेक्षा अनुरुपको परिवर्तन हुन सकेको छैन् ।

सडकबाट सरकारमा सक्षम नेतृत्व नभएको भन्दै नारा लगाउने हाम्रो नेतृत्वहरु आज सरकारमा हुँदा उनीहरुले पनि सक्षम रुपमा सरकारको नेतृत्व गर्न सकेका छैनन् ।

नेपाली जनताले जसको प्रेरणाबाट असक्षम नेतृत्वको विरोध गर्न सिके आज तिनै नेतृत्वहरुको विरुद्धमा सडकमा आन्दोलन गर्नु परेको छ ।

यद्यपी नेपालमा पटक—पटक राज्य व्यवस्था र असक्षम नेतृत्वका विरुद्धमा आवाज उठी रहन्छन् । तल्कालीन सरकार होस् या वतर्माण सरकार होस्, सरकारको नेतृत्व जसले गरेपनि सक्षम रुपमा नेतृत्व गर्न सकेका छैनन् ।

यी नै असक्षम नेतृत्वहरुलाई सरकारमा प्रवेश रोक लगाउनका लागि भएपनि असक्षम नेतृत्वको विरुद्धमा विकल्पको आवाज उठी रहन्छ । यतिवेला नेपाली जनताको काँधमा ठुलो जिम्मेवारी थपिएको छ ।

सरकारले आगमी मंसिर ४ गते तोकेको प्रदेश र संघीय निर्वाचनलाई एक शान्तिपूर्ण आन्दोलनमा परिवर्तन गरि असक्षम नेतृत्वहरुलाई सरकारमा प्रेवश निषेध गर्नु छ । यो पटक निर्वाचन निर्वाचन मात्र नभई असक्षम नेतृत्व विरुद्धको आन्दोलन पनि हो ।

आजको नेपाल बन्द पनि त्यही असक्षम नेतृत्वले गरेको राष्ट्रहित विपरित कदमहरुका विरुद्ध हरेको सहजै बुझ्न सकिन्छ । नेपाल जनतालाई अब राष्ट्रहित तथा जनतामुखी काम गर्ने सक्षम नेतृत्व चाहिएको छ ।

तपाईको प्रतिक्रिया