नियम विपरित दस्तुर शुल्क निर्धारण, निम्न माद्यामिक तहको पाँच हजार शुल्क


जाजरकोट । कुशे गाउँपालिकाको एक सरकारी विद्यालयले नियम विपरित दस्तुर शुल्क निर्धारण गरेको छ । गाउँपालिकाको वडा नं ७ नारेमा रहेको दुर्गा आधारभुत विद्यालयले नियम विपरीत दस्तुर शुल्क निर्धारण गरेको हो ।
विद्यालयले आधारभुत तहको शिक्षकका लागि परीक्षा दस्तुर ५ हजार तोकेको छ ।

भदौं ७ गते मंगलबार शिक्षक आवश्यकता सम्बन्धीको १५ दिने विज्ञापन खोलिएको सूचना जारी गर्दै आवेदन दस्तुर ५ हजार उल्लेख गरेको हो । यता, शिक्षा विकास तथा समन्वय ईकाइ जाजरकोटका प्रमुख रमेश मल्लले विद्यालयले लिएको आवेदन दस्तुर नियम विपरीत भएको बताए ।

‘शिक्षक सेवा आयोगले निर्धारण गरेको शुल्कमा आधारित भई लिनुपर्ने हो तर त्यो एकदम नियम विपरित बढी भयो’ उनले भने । शिक्षक सेवा आयोगले तोकेको दस्तुर शुल्क प्राथमिक तहको पाँच सय, निम्न माद्यामिक तहको सात सय, माद्यामिक तहको एक हजार रहेको छ । तर दुर्गा आधारभुत विद्यालयका प्रधानध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले मनपरी ढंगले दस्तुर शुल्क निर्धारण गरेको पाईएको छ ।

विद्यालयका प्रधानध्यापक वीरबहादुर रोकायलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । विद्यालयले निर्धारण गरेको दस्तुर शुल्क खारेज गरी पुनः विज्ञापन खोल्न आग्रह समेत गरिएको छ ।

No description available.

तपाईको प्रतिक्रिया